arrow

काङ्ग्रेस बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ साउन १२ आइतबार
congress-meeting5.jpg

काठमाडौँ । नेपाली काङ्ग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका अन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।     
     
आइतबारको बैठकमा विशेष गरी विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल भएको पार्टी कार्यालय जनाएको छ ।     
     
 पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा डिला सङ्ग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।     
     
 केन्द्रीय कार्यसमितिको अर्को बैठक यही साउन १३ गते सोमबार दिउँसो २ बजे पुन ः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ