arrow

भारतले धौलीगंगाको बाँध पुनः खोल्दै, नेपालमा फेरि खतरा, सतर्क रहन आग्रह

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ साउन १२ आइतबार
badh.jpg

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुन खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार राति १२ बजे खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार साउन १३ गते राति १२ बजेदेखि १४ गते बेलुकी ६ः४५ बजेसम्म शिल्ट फ्लशिङ्ग र सरसफाइको गरिने भएकाले त्यसपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकोले सतर्क रहन आग्रह गरिएको हो ।

सिफ्ट फ्लशिंगको लागी बाँधको ढोका खोलिए पश्चात् नदीमा पानीको सतह बढ्ने भएकोले तटिय क्षेत्रमा जोखीम रहने हुदा सतर्कता अपनाउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । 

बाधका ढोका मंगलबार खोलिने भएको हुँदा व्याँस गाउँपालिकाको  वडा नं ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लाली सम्मका नदि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न समेत प्रमुख जिल्ला अधिकारी विष्टले आग्रह गरेका छन् । यसअघि सिफ्ट फ्लशिंगको कार्य गरिने भन्दै असार ११ गते बाँध खोलिएको थियो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउँछाउँमा नजान र सतर्कता अपनाइराख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

जलविद्युत आयोजनाले सूचनामा सहकार्य गर्दै 
पछिल्लो समय भारतको धौलीगंगा जल विद्युत परियोजनाले बाधको पानी छोड्नुपूर्व नेपाली पक्षलाई सुचना दिने गरेको पाइएको छ ।

बाँधको पानीले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले आयोजनाद्धारा प्राप्त पुर्व सुचनाको आधारमा नदी किनारका वासिन्दालाई समयमै सतर्क गराउन सहज भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए । 

खासगरी धौली गंगा बाँधका कारण दुवै देशका नदी किनारका बस्ती जोखीममा पर्ने भन्दै बाधको पानी  छोडनुपूर्व भारतीय पक्षले सुचना प्रवाह गर्नु पर्नेमा नेपाली पक्षले जोड दिएको थियो । 

सोही सहमति कार्यान्वयन स्वरुप भारतीय पक्षले बेला बेलामा नेपाली प्रशासनलाई पत्राचार मार्फत सुचना दिने गरेको प्रमुख जिल्ला अधिकारी विष्टको भनाई छ ।

‘भारतीय पक्षबाट प्राप्त सुचनालाई तत्काल स्थानीय सञ्चार माध्यमलाई प्रसारण प्रकाशनका लागि आग्रह गर्ने गरेका छौं । सञ्चार माध्यमबाट ठूलो सहयोग प्राप्त भएको छ’, उनले भने । 

जिल्ला सदरमुकाम क्षेत्रमा पक्की तटवन्धका कारण बाढीले कटान गर्ने अवस्था नभए पनि जिल्लाको दक्षिण नदी तटीय क्षेत्रका वस्तीमा भने जोखिम निम्तिन सक्ने  खतरा रहेको उनको  भनाई  छ । 

नेपालतर्फ मात्रै नभइ नदी किनारका भारतीय बस्ती समेत उच्च जोखिममा रहेकाले भारतीय पक्षले बाधको पानी विस्तारै छोड्ने गरेको छ । 

दार्चुला र दार्चुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि  बनाएको बाँध बाट २ सय ८० मेगावाट शक्ति उत्पादन हुँदै आएको छ । 

धौलीगंगा र महाकाली नदीको संगम तावाघाटको नेपाल भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । 

बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ । वर्सातको सिजनमा पानीको उच्च वहावका कारण बाध भत्किने सम्भावना बढ्ने बित्तिकै भारतीय पक्षले बेला बेलामा बाँध खोल्ने गरेको छ ।

वि. सं २०७० सालमा बिना सुचना धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आएर दार्चुला सरमुकामका सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौको क्षति भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ