arrow

योगेश भट्टराईको आशा – हेडसर छान्दा गुरुप्रतिको आस्था र विश्वासलाई माथि उठाउने छ 

हेडमास्टर छान्न सोमबार पनि बस्दैछ नेकपा सचिवालय बैठक

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
yogesh-bhattarai.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभाग विवाद निरन्तर लम्बिएपछि तल्लातहका नेता तथा कार्यकर्तामा शंका–उपशंका उब्जिएको छ । 

निरन्तर सचिवालय बैठक बोलाउने अनि स्थगित गर्ने परिपाटीले गर्दा कम्युनिस्ट सरकारलाई हेर्ने दृष्टिकोणसमेत बदलिँदै गएको छ । 

स्कुल विभाग प्रमुखमा दाबेदारी गरिरहेका नेताहरू आफ्नो अडानबाट टसमस नहुँदा विवाद तत्कालै समाधान नहुने देखिएको छ ।

बैठक बोलाउने अनि सहमति नभएको भन्दै स्थगित गर्ने  प्रवृत्ति सामान्य बन्दै जाँदा निराशा बढ्दो छ । 

स्कुल विभाग प्रमुख चयन गर्नेलगायतका विषयमा केन्द्रित रहेर आइतबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो ।

तर, प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बिहानको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो ।

अर्को बैठक सोमबार दिउँसो ३ बजेका लागि डाकिएको छ । स्कुल विभागको नेतृत्वका लागि सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । 

त्यसैगरी घनश्याम भुषाल र यदूनाथ भुषाल पनि आफूहरु योग्य रहेको भन्दै प्रचारप्रसार गरिरहेका छन् । को बन्ला स्कुल विभागको हेडमास्टर भन्नेमा अन्योल छ । 

यसको व्यवस्था ओली र प्रचण्डले गर्नेछन् । तर राम्रो हेडमास्टर चयन भएन भने त्यो स्कुल नै बर्बाद हुनेमा दुई मत छैन । 

यही विषयलाई आधार बनाएर स्थायी कमिटि सदस्य योगेश भट्टराईले आइतबार ट्वीटरमा एउटा ट्वीट गरेका थिए । 

उनले लेखेका थिए, ‘दुनियाँमा शिक्षक (गुरु) सबैभन्दा मर्यादित मानिन्छ तर नेपालमा विद्यालय र विश्वविद्यालयका कतिपय शिक्षकका कारण गुरुप्रतिको आस्था घटिरहेको छ ।आशा गर्छु हाम्रो पार्टीमा स्कूलको हेडसर नियुक्तिको प्रतिस्पर्धाले गुरुप्रतिको आस्था र विश्वासलाई माथि उठाउने छ !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ