arrow

मौसमको लेखाजोखा, अझै झुक्याउन सक्ने 

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
weather.jpg

काठमाडौं । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

राति पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेको छ । जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ । 

काठमाडौं उपत्यकामा मंगलबार बिहानको मौसम मन्द प्रकारको रहेको छ । न वर्षा भइरहेको छ न घाम लागिरहेको छ । कुनै पनि बेला मौसमले झुक्याउन सक्ने देखिएको छ । 

सोमबार लुम्लेमा सबैभन्दा बढी ३१.४ मिलिमिटर वर्षा भएको थियो । पछिल्ला दिनमा सबैभन्दा कम वर्षा सोमबार भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ