arrow

दुई छोरी र श्रीमती लिएर युएई गए प्रचण्ड

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
prachanda_sita_plane1.jpg

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । पारिवारिक भ्रमणका क्रममा मंगलबार प्रचण्ड युएई प्रस्थान गरेको बताइएको छ ।

प्रचण्ड आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ ।

भ्रमण टोलीमा उनकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन्। श्रीमती सीताले पटक-पटक दुबई जाने मनसाय व्यक्त गरेपछि उनिहरु त्यहाँ जान तयार भएको बताइएको छ । उनिहरुसँग नातिनीहरु पनि भ्रमणमा रहेका छन् । छोरी गंगा दाहाल प्रचण्डकै सचिवालयमा कार्यरत छिन् भने  छोरी रेणु भरतपुर महानगरपालिकाकी मेयर हुन् ।

अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सीता दाहाललाई लामो समयदेखिनै मधुमेह, रक्तचाप, पाठेघर लगायतका समस्या रहेको छ । यसअघि उपचारका लागि सिङ्गापुर पुगेकी सीताको वाटरथेरापीको उपचार गएकी थिइन् ।

छोरा प्रकाशको  मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्।  प्रकाशको  मृत्यु  अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको देखिन्छ भने उनको पटक पटक विदेशमा उपचार हुँदै  आएको छ ।

सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ । यसअघि उनको विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको थियो । उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा उनि सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ