arrow

बन्द आब्हानको पूर्वसन्ध्यामा विप्लव समूहकी काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ    

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
dhirendraa-upadhaya-biplab.jpg

काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई मंगलबार पक्राउ गरेको छ । 

पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।     
     
 विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।     
     
एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो ।     
     
त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।   

यसैबीच, विप्लव समूहले आफ्ना नेता तथा कार्यकर्तालाई छाड्नु पर्ने लगायतका माग राखी बुधबार बाग्मती लगायतका अञ्चलमा बन्दको आब्हान गरेको छ ।

उसले यसअघि गरेका बन्द आब्हानमा काठमाडौं उपत्यकामा भने खासै प्रभाव पर्ने गरेको छैन । 

तर शैक्षिक संस्थाहरुमा भने असर नै पर्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ