arrow

स्वास्थ्यमन्त्री ज्यू,  प्रधानमन्त्री ओलीको सिंगापुरमा लाग्ने उपचार खर्च कसले ब्यहोर्छ ?

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
pm-kp-oli-2019.jpg

काठमाडौं। गत असार १० गते प्रतिनिधि सभामा बोल्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले अब उपचारको लागि विदेश जाने कसैलाई पनि पैसा नदिने बताएका थिए। मन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख गरेका थिए।

स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो बताएका थिए। उनले यसमा थपेका थिए ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ, सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस्।’

तर, स्वास्थ्यमन्त्रीले यस्तो अभिव्यक्ति दिएको एकमहिना पछि साउन १८ गते प्रधानमन्त्री ओली नियमित स्वास्थ्य उपचारको लागि सिंगापुर जाँदैछन्। यो भ्रमण नित्तान्त प्रधानमन्त्रीको व्यक्तिगत भ्रमण हो। उपप्रधानमन्त्री यादवले खर्च दिन्न भनेको स्वास्थ्य उपचारको लागि नै हो जान लागेको पनि। तर, शक्तिशाली प्रधानमन्त्रीको उपचारको लागि लाग्ने खर्च अब कसले ब्यहोर्छ भनेर स्वास्थ्यमन्त्री सामु प्रश्न खडा भएको छ। 

प्रधानमन्त्रीको सो भ्रमणमा कति खर्च हुन्छ ? त्यो भने भ्रमणपछि नै थाहा होला। तर, संसदमा शक्तिशाली सरकारका उपप्रधानमन्त्रीले दिएको यो अभिव्यक्तिलाई उनले कत्तिको पूरा गर्नसक्छन् भन्ने प्रश्न भने उनीमाथि खडा भएको छ। नेपालमै उपचार हुने रोगको लागि पनि राज्यकोषको अरबौं रुपैयाँ खर्च गरेर नेताहरु विदेश जाने परिपाटी अझै रोकिएको छैन। यो रोक्नको लागि धेरै कार्यविधिहरु बनेपनि शक्ति र पहुँचको आधारमा राज्यकोषबाट उपचार खर्च बापत रकम हरेक उच्च पदस्थ नेताहरुले लिने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ