arrow

बारुदले मेटाइँदैछ भगवान श्रीरामचन्द्रको पदचिह्न

रामचन्द्र, माता सीता र भाइ लक्ष्मणसहित हिँडेको कामदगिरी पहाड अहिले खनिज माफियाको निशानामा

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
ramchandra-foot.jpg

काठमाडौं । त्रेतायुगमा वनवासको समयमा भगवान श्रीरामचन्द्र, माता सीता र भाइ लक्ष्मणसहित हिँडेको कामदगिरी पहाड अहिले खनिज माफियाको निशानामा परेको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार अहिले उक्त पहाडमा विष्फोटबाट अस्तित्व मेटाउने काम भइरहेको छ ।

जसको कारण पर्यावरण असन्तुलनका साथै मानिसको आस्थामा पनि ठेस पुगेको छ । तर, प्रशासन र खनिज विभागले भने यस विषयमा कुनै चासो दिएको छैन । रामचरित मानसका अनुसार रामले सीता र लक्ष्मणसँग १४ वर्षको वनवास चित्रकूटको जंगलमा बिताएका थिए ।

उत्तर प्रदेशका नरैनी तहसीसँग जोडिएको श्रीरामको धेरै कथाहरु छन् । यहाँ अझै पनि श्रीरामको पदचह्न रहेको मान्यता रही आएको छ । पहाडको बीचमा एक सरोवर छ । जसको चट्टानमा निकै पुरानो पदचिह्न स्पष्ट देख्न सकिन्छ । त्यसैकारण यसलाई पहाड रामचन्द्रन पनि भनिन्छ । यहाँ अहिले भइरहेको उत्खननमा पर्यावरणको साथमा मानिसको आस्थामा पनि चोट पुगेको मानिसहरुले बताउँदै आएका छन् ।

सरोवर भ्रमणको क्रममा श्रीरामको पाउ चट्टानमा गाडिएको थियो । अहिले पनि त्यो पदचिह्न देख्न सकिन्छ । यो सरोवरनजिकै मकर संक्रान्ति मेला लाग्ने गरेको छ । हजारौं श्रद्धालु कुण्डमा स्नान गरेर प्राचीन मन्दिरमा पूरा गर्ने गर्छन् ।

यसअघि पनि यो पहाडलाई पर्यटन क्षेत्र बनाउने विषयमा चर्चा चलेको थियो । तर, यो कुरा केवल कागजमा मात्र सीमित भएको थियो । स्थानीय मानिसले सरकारको वेवास्ताको कारण अहिलेसम्म यो पहाडको विषयमा ध्यान जान नसकेको अधिकारीले बताएका छन् । भारतीय सम्बन्धित अधिकारीले यसअघि उत्खनन भइरहेको तर अहिले रोकिएको बताएका छन् । उनीहरुले आगामी दिनमा कसैले उत्खनन गरेको खण्डमा प्रशासनले कारबाही गर्ने उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ