arrow

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सहकारी अभियानको १० लाख

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
oli-sahakari.jpg

काठमाडौं ।  राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अयिभानको तर्फबाट वाढीपहिरो प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष केशव बडालको नेतृत्वमा गएको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरको चेक बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी हस्तान्तरण गरेको हो  ।

महासंघको प्राकृतिक विपत्ति उद्धार कोष, विभिन्न सहकारी संघ÷संस्था, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) एवं राष्ट्रिय सहकारी बैंकबाट संकलन गरिएको रकम प्रदान गरिएको हो । सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक चन्द्र ढकाल, संचालक तथा प्रदेश सभा सदस्य तारा लामा तामाङ, संचालक खेम वहादुर पाठक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेत, राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति थियो ।

महासंघले यस अघि २०७५ साल चैत २८ गते बारा र पर्साको हावाहुरी प्रभावित परिवारको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको थियो । सो अवसरमा लेखा संयोजक धर्मदत्त देवकोटाले आफूले प्रकाशन गरेको पुस्तक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए।

सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री
 प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन बृद्धि गर्दै सो उत्पादनलाई बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्ने बताएका छन् । उनले ठूलो मात्रामा उत्पादन गर्न जोड दिर्दै भने ,‘स्केल अफ प्रोडक्सन बढाउनुपर्छ । जसले गर्दा बजार पाउँन सकिन्छ । लागत कम पर्दछ । देशभित्रको बजारले उपभोग गर्न सकेन भने विदेशमा पनि लैजान सकिन्छ, यसका लागि सहकारीमार्फत काम गर्नुपर्दछ ।’ उनले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा बिहिबार बालुवाटार पुगेको सहकारीकर्मीको एक प्रतिनिधि टोलीसँग सो कुरा बताएका हुन् ।

किसानले उत्पादन गरेको बस्तु सोझै उपभोक्तासम्म पुर्‍पाई किसान र उपभोक्ता दुवै लाभान्वित हुने अवस्था सिर्जना गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । प्रधानमन्त्रीले काम गर्नेहरुलाई अपजस दिने परम्परा रहेको र अपजस दिन्छन् भनेर काम नगर्ने प्रवृत्ति समेत देखिएको बताए ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली” सोचलाई पुरा गर्न र दिगो विकास लक्ष्य अनुरूप नेपालको सहकारी अभियानले कृषि उत्पादन, वितरणका साथै वित्तिय सेवा प्रवाह गर्दै आएको बताए । प्रधानमन्त्री ओलीले किसानले उत्पादन गरेको वस्तु सहकारीमार्फत सोझै बजारसम्म पुर्‍याउन सरकारले आवश्यक सहयोग पुर्‍याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ