arrow

म झण्डा हल्लाउन मन्त्री भएको होइन : उर्जामन्त्री

logo
प्रकाशित २०७६ साउन १६ बिहिबार
urja-mantri.jpg

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयां कार्यशैली अपनाएको बताएका छन् । उनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् ।

तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार बोल्दै मन्त्री पुनले परिणाम आउने गरी काम नगरे कसैसंग पनि सम्झौता नगर्ने चेतावनी दिए।

उनले प्रधानमन्त्री र सरकारको प्राथमिकता भनेको जनताको प्राथमिकता भएको भन्दै सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘अव प्रक्रिया मात्र भनेर हुदैन्, तपाईहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामि सवैको दायित्व हो ।’ मन्त्री पुनले भने ।  

मन्त्री पुनले आफु झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए।

‘काम नगर्ने हो भने पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुंदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले कडा शव्दमा भने ।  

नेकपाका नेता समेत रहेका मन्त्री पुनले अव काम नगर्ने कर्मचारीसंग आफुले कुनै पनि हालतमा सम्झौता नगर्ने प्रस्ट पारे ।  उनले हरेक महिना मन्त्रालयमा समिक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरे ।

‘चिनेका साथी भाई हुन् काम गरिहाल्छन् नी भनेर मैले भन्ने अवस्था छैन्, मलाई परिणाम चाहिएको छ । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले अधिकृतभन्दा माथीका कर्मचारीलाई सचिव,मन्त्री वा विभागिय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका उच्च अधिकारीलाई निर्देशन दिए ।

कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कार्वाही बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यानआकर्षण समेत गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ