arrow

नेपाललाई हिन्दू राष्ट्र कायम गराउन यसरी बनिरहेछ भित्री योजना  

ओली–प्रचण्ड दोधारमा, साथ पाउनेमा योजनाकारहरु आशावादी

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार

काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र कायम गराउन नेपालमा विशेष योजना बनिरहेको छ । हिन्दूराष्ट्रका लागि नेपालमा मात्र हैन विदेशमा समेत पनि विशेष पहल भइरहेको बुझिएको छ । 

भित्री रुपमा यसका लागि कडा खालको आन्दोलनसमेत गर्ने तयारी रहेको बुझिएको हो। हिन्दूराष्ट्रको लागि जोर जबरजस्ती कुराहरु भइरहेको विभिन्न स्रोतहरुले जनाएका छन् । धेरै कोणबाट गृहकार्य भइरहेको स्रोतहरुको भनाइ छ। 

धर्मनिरपेक्षता र संघीयताको विरोधमा एक ढंगले जवरजस्त आन्दोलनको भित्रभित्रै आभास हुन थालेको छ । धार्मिक संघसंस्थाको आवरणमा यो गृहकार्य भइरहेको देखिन्छ । उनीहरु बढी सक्रिय भएका छन् । 

राजनीतिक सक्रियता–
नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि राजनीतिक रुपमा पनि सक्रियता बढेको पाइएको छ । सत्तासीन नेकपादेखि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र पनि एकखालको तरङ्ग आइरहेको छ ।  

राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द लोहनी आदिकवि भानुभक्त आचार्यको नाममा हुने कार्यक्रमको शिलशिलामा हालै कलकत्ता गएका थिए। उनको यो यात्रा पशुपतिको जात्रा शिद्राको ब्यापार झै भएको चर्चा उत्तिकै छ । 

उनले भारतको उडिसास्थित पुरीमा शंकराचार्य र अरु महन्तसंग भेट गरी नेपालमा हिन्दू राष्ट्र स्थापनाको शिलशिलामा छलफल गरेको बुझिएको छ । 

नेपालमा लोहनीको प्रभाव नचले पनि उनको भारतीयहरुसंगको भेट राजनीतिक जनाधार भन्दा पनि धार्मिक एजेन्डालाई स्थापित गर्ने सम्बन्धमा हिन्दू समूदायलाई एकीकृत गर्ने सवालमा महत्वपूर्ण मानिएको छ। 

भारतका चारै मठाधिशका महन्तहरु नेपालमा हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिँदै आएका छन् । यो सन्देश लोहनीले लिएर फर्किएका हुन् । 

राप्रपा पनि पहिलेदेखि यो लाइनमा छ । सरकार विरुद्धको गठबन्धन भन्दै केही कम्युनिष्ट र लोकतन्त्रवादी साना दलहरु पनि मिलेर अब हिन्दूराष्ट्र र राजसंस्थालाई कुनै स्थान दिने गरी अगाडि लागेको बुझिएको छ । 

भारत र चीनबीच नयाँ एकता 
छिमेकी राष्ट्रहरु भारत र चीनसमेत यसका लागि नयाँ शिराबाट अगाडि बढ्न तयार रहेको बताइएको छ । नयाँ सरकार बनेपछि नेपालको विषयमा भारतको भूमिका प्रत्यक्ष नदेखिए पनि भारतीय व्यस्तता भने यो विषयमा बढेको छ । 

त्यतिमात्र होइन चिनियाँ व्यस्तता पनि बढेको छ । विश्वहिन्दू महासंघको कार्यक्रममा सहभागी हुन भारतीय जनता पार्टी भाजपाका एक प्रभावशाली नेता सुब्रमन्यम स्वामी नै नेपाल आएका थिए । 

उनले उक्त क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसंग समेत भेट गरी नेपालको स्थायित्वका सम्वन्धमा उत्तर र दक्षिणका छिमेकीहरु एक ठाउँमा आउने सन्देश दिएका थिए । 

उनको यो भनाइले ओली छक्क परेका छन् । त्यो ओलीका लागि सन्देश पनि हो । नेपालमा चीनविरोधी गतिविधि बढ्दै जाँदा र देशमा पश्चिमा गतिविधि बढ्दै जाँदा स्थायित्वमात्र नहेरी उत्तरले आफ्नो देशमा सुरक्षा चुनौतीका रुपमा लिने गरेको छ । 

चीनमा बेलाबेलामा त्यहाँ भएका चर्चहरु भत्काउने काम गर्नु पनि पश्चिमा दबदबा कम गराउन खोजेको देखिएको छ । नेपालमा पश्चिमा प्रभाव बढ्दै जाने देखेर चीनले पनि कहीं न कहीं नियन्त्रण भएको देख्न चाहन्छ । 

यो सबालमा भारत र चीन सरकारको ‘इन्ट्रेष्ट’ एक ठाउँमा मिल्न पुगेको छ । पश्चिमा प्रभावले तिब्बतमा असर पर्ने देखिन्छ । त्यसैले पनि चीन सशंकीत छ । एक चीन नीतिका लागि छिमेकमा आफू विरुद्ध कुनै पनि गतिविधि नहोउन् भन्ने चाहन्छ । 

त्यसका लागि पश्चिमा गतिविधि नहोस् भन्ने चीनको नीति हो । सम्भवतः भारत र चीन यो सवालमा एकै कित्तामा उभिन सक्ने देखिएको छ । 

एसियाका यी शक्ति राष्ट्रहरु नजिकिन नेपाल सेतू बन्ने समेत देखिएको छ । धार्मिक रुपान्तरणको कुरामा भारत किन चीनसंग साझेदारी गर्न चाहन्छ भन्ने प्रश्न अहम् छ । 

लोकतन्त्र र मानवअधिकारका सवालमा भारत पश्चिमासंग नजिक भए पनि धार्मिक र रणनीतिक हिसाबले चीन र भारत यो मामलामा नजिकिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ सहकार्य हुनुपर्ने अवस्थामा छन् । 

दुवै बीचको क्यामेष्ट्रि मिल्दै जाँदा सी आगामी अक्टोवरमा मोदीले चुनाव जितेको स्थान काशी जाँदैछन् । दुई राष्ट्रबीचको सम्बन्ध सुधारिँदै जाँदा नेपाललाई सोही अनुसार हातेमालोका लागि सी नेपालसमेत आउने चर्चा चलिरहेको छ । 

यो सम्बन्धमा नेपालस्थित चिनियाँ दूतावासका एक प्रतिनिधिले सीको नेपाल भ्रमणका लागि तयारी भए पनि अझै टुंगो नलागेको बताएका छन् । उनले काशी जाँदा बीचमा रहने ७–८ घण्टाको समयलाई नेपाल भ्रमणका आएर सदूपयोग गर्न सक्ने सम्भावना बढेको बताएका छन्।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द नेपाल आउने लगभग पक्का छ । दुवै राष्ट्रपतिहरु उस्तै समयमा नेपालमा आउँदा एक किसिमको तरंग अवश्य आउने छ । 

चिनियाँ राष्ट्रपति सी लामो समयदेखि नेपाल आउने भने पनि समय मिलिरहेको छैन । 

ओली–प्रचण्डलाई प्रभाव र दवाव 
यही बीचमा जुन खालका धार्मिक गतिविधि भइरहेका छन् यसले ढिलाचाँडो केही समयभित्रै संघीयता र धर्म निरपेक्षताको विरुद्धमा आन्दोलन हुने देखिन्छ । 

यो विषयमा नेकपालाई यो मामिलामा उभ्याउन प्रभाव र दवाव पार्न खोजिएको छ । केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डलाई दवाव छ । 

यो नभएका खण्डमा राजासहितको हिन्दूराष्ट्रको दवाव आइरहँदा नेकपाले संघीयता खारेज गरी अहिलेको सरकार हिन्दू राष्ट्र भए पनि फरक नपर्ने गरी सहमति गर्ने पक्षमा गएको बुझिएको छ ।  

राजासहितको हिन्दुराष्ट्रको आन्दोलन हुने भन्ने आएपछि नेकपा सरकार राजारहितको हिन्दूराष्ट्रमा सहमति जनाउन सक्ने बुझिएको छ । राजाका पुराना हर्कत देखेरै शक्ति केन्द्रहरु र प्रमुख दलहरु राजालाई पुन स्थान दिनेमा भने इच्छा देखाएका छैनन् । 

यसका लागि व्यापक रुपमा विभिन्न पार्टीहरुमा आन्तरिक बहस भइरहेका छन् । नेपाली काँग्रेसभित्र पनि बहस चलिरहेको छ । नेकपाभित्र हिन्दू राष्ट्र भनेको राजासहितको वा राजतन्त्र हो भन्ने नबुझ्न पनि आग्रह गर्न थालिएको छ । 

राजतन्त्र नभए त्यसलाई स्वीकार्न सकिने खालको बहस नेकपाभित्रको उच्च नेतृत्वभित्र पनि सुरु भएको छ । 

नेकपा निकटका संचारमाध्यमले पनि यसैअनुसार टिप्पणीगर्न थालिसकेका छन् । यसले नेकपाभित्रको बहसलाई बाहिर ल्याउने प्रयास गर्न थालिएको छ । 

प्रचण्ड ओलीको विदेश यात्रा 
यही बीचमा नेपालमा उत्तर, दक्षिण र पश्चिमाहरुको चलखेल बढेको देखिन्छ । भारतीय खुफिया एजेन्सी रअका प्रमुख नेपाल आएपछि ओली र प्रचण्डको विदेश भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ । 

अन्य विधाका नेताहरु र कुटनीतिक नियोगहरुको व्यस्तताले तरंगित बनाएको छ । यससंगै हेर्न थालिएको छ ओली र प्रचण्डको भ्रमणलाई । 

घुमफिर र आराममात्र नभइ यसलाई महत्वपूर्ण रणनीतिक भेटघाटका लागिसमेत प्रयोग गर्न सक्ने आँकलन गरिएको छ । 

प्रचण्ड विदेश भ्रमण सकेर शनिबार फर्कदै छन् भने ओली शनिबार सिंगापुर जाँदैछन् । 

नेपालमा जवरजस्त रुपमा अगाडि आउन खोजेको आन्दोलनको सन्दर्भमा परामर्शका लागि यी दुई नेताहरुको भ्रमण भएको बुझिएको छ । 

दुवै नेताले उच्चस्तरीय परामर्श गर्ने देखिएको छ । नेपालमा हुन सक्ने आन्दोलनको पृष्ठभूमिमा जोडेर समेत यो भ्रमणलाई हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ