arrow

घर माथिबाट आएको पहिरोमा परी आमा छोरीको मृत्यु

बाजुराका दालित बस्ति पहिरोको उच्च जोखिममा

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
landslide_Bajura.JPG

दयाराम पण्डित ,बाजुरा । बाजुराको  गौमुल गाउँपालिका वडा न. ६  वसाला शान्तिटोलमा विहिबार राति पहिरोमा जांदा आमा छोरीको मृत्युभएको छ । पहिरोमा परी गौमुल गाउँपालिका वडा नं ६ वसाला निवासी ३० वार्षिया निरुता चदारा र उनकी ६ बर्षीया  छोरी किशुचदाराको  मृत्यु भएको हो ।

गएराति एक वजे तिर घर माथिबाट आएको पहिरोमा परी आमा–छोरीको मृत्यु भएको स्थानीयवासिन्दा रमित विकले बताए। पहिरोका कारण घर पुरिदा आमाछोरीको मृत्यु भएको हो । स्थानीय तथा प्रहरीको सहयोगमा पहिरोमा पुरिएका मृतकको शव पहिरो हटाएर निकालेका हुन्।
    
पहिरोमा परी  अन्य ६ जना घाईते भएका छन् । घार्ईतेमध्ये ९५ वर्षीय जंग चदारा शख्त घाईते छन्। घाईते चदाराको गौमुल स्वास्थ्यचौकी घटमुनामा उपचार भैरहैको वताएको छ  । उद्धारका लागि राति नै प्रहरी टोली घटनास्थलमा पठार्ईसकेको प्रमुख जिल्लाअधिकारी गंगाप्रसाद न्योपानेले जानकारी दिएका छन्। केही दिन देखि वर्ष निरन्तर भैरहेकोले नदी खोला र भीरपाखोमा वसोवास गर्ने सबैले उच्च सतर्कता अपनाउन  प्रजिअ न्योपानेले अनुरोध गरे।

वसालको शान्तीटोल गाउँ माथिबाट पहिरो खसेपछि १७ वटा दलितटोलका घर जोखिममा रहेको बताईएको छ। तीन दिन देखि निरन्तर आएको वर्षाकाकारण बसालामा पहिरोगएको स्थानीले बताएकाछन ।

यसै विच नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका  पार्टीसभापति कविराज पण्डितले पहिरोमा परि ज्यानगुमाउने प्रति  गहिरो दुःख ब्यक्त गर्दै  स्थानीय प्रसासन, सम्बन्धित गाउँपालिका र  कांगे्रस कार्यकर्तालाई  छिटो भन्दा छिटो उद्धारकायृमा सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेका छन् ।

 त्यसैगरी गौमुल गाउँपालिकाका अध्यक्ष हरिवाहादुर रोकायाले पनि सामाजिक सञ्जालमार्फत मृतक परिवार प्रति समेवेदना प्रकट गरेका छन् ।
 
बाजुराका ग्रामिण भेगमा सापेक्षिकरुपमा  दलित बस्तैनै बढि जोखिममा देखिन्छन् ।  अधिकांश दलित वस्तीका घरछाना  भीरपाखो र खोलानालाको किनारमा  छन् । विगतको हलिया खलिया पर्थाका कारण  दलित समुदायसंग आफ्नो नाममा जमिन नहुंदा साहुमार्हजनले दिएको जग्गामा बस्नुपर्ने बाध्यता छ ।  ज्यालामज्दुरी  काम गरेवापत साहुले  (घरठियो ) दिने र त्यही घुपडी वनाएर बस्ने प्ररम्परा दलित समुदायमा छ ।

 “श्रामिकले रोजेको  भन्दा खोजेर दिएको जग्गामा घरटहरा वनाउनुु  पर्ने अनि जातिय विभेद र गरीवीका कारण बाढिपहिरो र प्राकृतिक प्रकोपको सिकार हुनुपरेको छ ।  ” आफुसंग जमिन नहुदा सुरक्षित बास्थानको समस्याका कारण पहिरोको जोखिममा पर्नु मुख्यकारण हो दलित अधिकारकर्मी गोरख सार्कीले बताए । बाजुरामा कुल जनसंख्याको ४२ प्रतिसत भन्दा बढि दलित बसोबास छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ