arrow

दुर्गन्ध फैलिएपछि खोजतलासी, बसको छतमा युवकको सडिएको शव फेला

logo
प्रदिप आचार्य,
प्रकाशित २०७६ साउन १७ शुक्रबार
saab1.jpg

रुपन्देही । बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शव फेला परेको छ ।

शुक्रबार बिहान करिब १० बजे तिर दुर्गन्ध फैलिएपछि खोजतलासी गर्दा करिब १५ दिनदेखि पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको शव फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताएका छन् ।

गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु १६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृतकको शव परिवारजनलाई पोष्टमाटमपछि बुझाउन लागिएको भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ