arrow

नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भाजपा सक्रिय, विदेश विभाग प्रमुख नेपालमा

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
bjp-leader-nepal-2019.jpg

काठमाडौं। नेपाल तथा भारतका शीर्ष तहको भ्रमण तथा आवतजावतको क्रममा बाक्लिँदै गर्दा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाला नेपाल आएका छन्। उनी नोपाल भारत मैत्री समाजले काठमाडौंको हिमालयन होटलमा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाल भारत सहकार्यको सम्भावना र चुनौती विषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित भएका हुन्।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्दीपसिंह पुरी, विभिन्न पार्टीका वरिष्ठ नेपाली नेताहरु, पूर्व राजदूतहरु, सञ्चारकर्मीका साथै विदेश नीति विज्ञहरुको पनि सहभागिता थियो।

चौथाइवालाले हालसालै भारतमा सम्पन्न भएको संसदीय निर्वाचनको विषयमा आफ्नो केही भनाइ राखेका थिए। साथै भारतले पछिल्लो समय आर्थिक विस्तारको लागि शुरु गरेको केही कार्यक्रमको विषयमा पनि जानकारी दिए। उनले भारतजस्तो तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्रबाट नेपालले सिक्नुपर्ने पाठको विषयमा पनि आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा राजदूत पुरीले सदियौंदेखिको दुई मुलुकको सम्बन्ध प्रगाढ बनाउनुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा  गोविन्द पोखरेलले दुई मुलुकको सम्बन्धको एजेण्डा आर्थिक विकास तथा समृद्धि हुनुपर्ने बताए। उनले भारतलाई नेपालको विकास र समृद्धिमा सघाउनसमेत आग्रह गरे।

गत साता मात्र भाजपाका नेता डा. सुब्रमण्यम स्वामी पनि नेपाल आएर प्रमुख दलका शीर्ष नेतालाई भेटेर फर्किएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा केही चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको लागि भाजपाले जोड दिएको छ। त्यसै क्रममा भाजपाका शीर्ष नेताहरु नेपाल आउने र नेपालका नेतासँग भेटवार्ता गर्ने क्रम पनि बढेको छ। 

भाजपा नेतृत्वको सरकार दोस्रो पटक सरकारमा आएपछि छिमेक पहिलो नीति लिएको मोदी सरकारका तर्फबाट विदेशमन्त्री एस जयशंकर भदौमा नेपाल भ्रमणमा आउँदैछ्न्I



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ