arrow

बाबुराम र उपेन्द्रको पार्टी निर्वाचन आयोगमा दर्ता

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
SamajbadiParty.jpg

काठमाडौं ।  सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो ।

 समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ