arrow

प्रधानमन्त्री ओली सिङ्गापुर उडे, स्वास्थ्य परीक्षणसंगै आराम गर्न गएका ओलीसंग विष्णु रिमाल किन ?

नौ जनाको टोली, ईश्वर पोखरेललाई कार्यबाहक  

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
pm-oli-singapore.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए ।
     
प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 
     
उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।  


     
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए । 
     
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कने कार्यक्रम छ ।

ओलीले आराम पनि गर्नुपर्ने भएकाले कुनै राजनीतिक भेटघाट केही पनि नहुने बताइए पनि प्रमुख राजनीतिक सल्लाहकार रिमालसमेत साथमा रहेकाले आशंका गर्ने ठाउँ बढेको छ । 

     ईश्वर पोखरेल कावा प्रम     
    
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा शनिबार सिङ्गापुरतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेकी छिन् ।      


     
 प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ