arrow

राष्ट्रपति प्रतियोगिता खेल्न आएकी भण्डारीको शव दुई महीनापछि कर्णाली किनारमा भेटियो

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
upper-karnali.JPG.jpeg

बाजुरा । हिमाली गाउँपालिका–१ बस्ने १६ वर्षीया बासमती भण्डारीको दुई महीनापछि कर्णाली नदी किनारमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार बेपत्ता भण्डारीका लुगा र अन्य कागजपत्रका आधारमा उनको शव पहिचान भएको हो ।

प्रहरीले बेपत्ता भण्डारीको शव शनिबार भेटाएको थियो । उक्त शव कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आइतबार आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए । मृत्युको कारण पत्ता नलागे पनि प्रहरीले भने आत्महत्या गरेको हुन सक्ने जनाएको छ ।

भण्डारीको कल डिटेल र म्यासेजका आधारमा आत्महत्या भएको हुन सक्ने प्रहरी प्रमुख भाटको भनाइ छ । प्रहरी र स्थानीयवासीले विगत दुई महीनादेखि खोजी कार्य गर्दै आएका थिए ।

गत जेठ ७ गते हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न आएकी भण्डारी बेपत्ता भएकी थिइन् । विच्छ्या मावि कक्षा ९ मा अध्ययनरत भण्डारी सटफुट खेल खेल्न गाउँपालिकाको केन्द्र धुलाचौर आएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ