arrow

एक लाख बीस हजार चोरेर भाग्दै गरेको पकेटमार पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन २० सोमबार
pocketmar.JPG

जनकपुरधाम । पैसा चोरेर भाग्दै गरेका एक पकेटमारलाई धनुषा प्रहरीले एक लाख बीस हजार नगदसहित पक्राउ गरेको छ । सिरहा माडर जाने बसमा रहेका रामु यादवको साथमा रहेको नगद एक लाख बिस हजार चोरी गरेर भाग्ने क्रममा प्रहरीले राज शेखलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जनकपुरधामको पिडारी चौक स्थित  जनकपुरबाट सिरहा माडर जाने बसमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नम्बर  १ रमदैया भवारी बस्ने  वर्ष ५८ को रामबाबु भन्ने रामु यादवको साथमा रहेको नगद एक लाख बिस हजार जिल्ला सिरहा लहान नगरपालिका वडा नम्बर  ९  बस्ने मो. सहमद शेखको छोरा २४  वर्षीय मो.राज शेखले चोरेर भाग्दै गरेको अवस्थामा डिउटीमा खटीएका प्रहरीले पाकेटमारलाई नियन्त्रणमा लिएको हो ।

 शेखलाई  नियन्त्रणमा लिई खानतलासी गर्दा निजबाट नगद एक लाख बीस हजार भेटिउको थियो । प्रहरीले  अनुसन्धान गरेर रामु यादवको गोजी त्यातेर भागेको थहा पाएपछि  बरामद रकम सम्बन्धित धनिलाई जिम्मा लगाएको छ ।

पाकेटमारलाई कानुन बमोजिमको कार्वाही हुने जिल्ला प्रहरी कार्यालय जाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ