arrow

कांग्रेस सांसद कर्मा घलेलाई मातृशोक

logo
प्रकाशित २०७६ साउन २० सोमबार
karma-ghale-mother.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद कर्मा घलेलाई मातृशोक परेको छ। घलेको आमा यन्खु घले ८२ बर्षको उमेरमा आइतवार राती निधन भएको हो।यन्खुको कर्मा सहित ३ छोरा र एक छोरि छ्न्। यन्खुको वुधवार स्वयम्भुमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सांसद घलेको आमाको निधनमा कांग्रेस सभापति शेर बहादुर देउबा, महामन्त्री डा शंशाक कोइराला लगायतका नेताहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त घले परिवारमा समवेदना व्यक्त गरेका छ्न्।



नयाँ