arrow

कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको देउवाको भनाइ

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
TB-Waling-BimochanDeubaa.jpg

स्याङ्जा । नेपाली काङ्गे्रसका सभापति शेरबहादुर देउवाले सरकारले गरेका राम्रा कामको समर्थन गर्ने बताएका छन् । सभापति देउवाले भने, “सरकारले गर्ने राम्रो कामको काङ्ग्रेसले समर्थन गर्छ तर मुलुकलाई अहित हुने खालका काममा समर्थन गर्न सकिदैन, यो प्रतिपक्षको धर्म नै हो ।’’     
     
 नेपाली काङ्ग्रेस जिल्ला सभापति स्व कमलप्रसाद पङ्गेनीको प्रथम स्मृति सभामा सोमबार यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले सरकारका कतिपय गतिविधि संविधान विपरीत भइरहेको आरोप लगाए । उनले भने, “मुलुक र जनताको हित विपरीत सरकारका कतिपय गतिविधि देखिएका छन् । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरीत भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”     
     
 फरक प्रसङ्गमा सभापति देउवाले काङ्गे्रस एकढिक्का हुनुको विकल्प नभएको बताउँदै आगामी दिनमा काङ्ग्रेस एकभएर भएर अगाडि बढ्नेछ भने । स्व पङ्गेनी एक कर्मठ नेता भएको र उनलाई गुमाउनु पर्दा पार्टीलाई धेरै ठूलो क्षति भएको सभापति देउवाले बताए ।     
     
 सो अवसरमा काङ्गे्रस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र गगन थापाले सरकार जनताको दुई तिहाइ मतको अवमूल्यन गरेको, जनतालाई राहत पुग्ने काम गर्न नसकेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ