arrow

राप्रपा र राप्रपा (संयुक्त)वीच भित्रभित्रै एकीकरण हुँदै

logo
प्रकाशित २०७६ साउन २१ मंगलबार
Aggrement-Between-RPPN-and-RPP1.jpeg

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालवीच एकीकरण  प्रक्रिया अघि बढीरहेको बेला पुर्व पञ्चको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)वीच पनि पार्टी एकीकरण प्रक्रिया भित्रभित्रै अघि बढेको छ ।

तत्काल पार्टी एकीकरण नगरे दुवै पार्टीको अस्तित्व सिद्धिने निष्कर्ष दुवै पार्टीका नेताहरुले निकालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहास जोगाउन पनि पार्टी एकीकरण गर्नु पर्ने उनीहरको ठहर छ ।  

स्रोतका अनुसार पार्टी एकीकरणकोलागि राप्रपाका अध्यक्ष कमल थापा, तथा राप्रपा (सयुक्त)का अध्यक्ष पशुपतिशमसेर राणा र डा.प्रकाश चन्द लोहीन निकै लचिलो भएका छन् । यी नेताहरुवीच पटक पटक औपचारिक र  अनौपचारिक कुराकानी भइरहेको छ । सकेसम्म आगामि दशैसम्म पार्टी एकीकरणकोलागि आन्तरिक छलफल र तयारी भइरहेको पार्टीका नेताहरुले जनाएका छन् ।   राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  दशैंसम्म पार्टी एकीकरण गर्ने गरी तयारी भएको बताए ।  

राप्रपाले पार्टी एकीकरण सम्बन्धी निर्णय गर्न पार्टी अध्यक्ष कमल थापालाई अधिकार  दिएको छ भने राप्रपा (संयुक्त)ले संयुक्त रूपमा पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको छ । एकीकरणको जिम्मेवारी पाएका थापा,राणा र लोहनीले एकीकरणको मोडालिटी तयार गरेका छन् भने दोश्रो तहका नेताहरूले  एकताको विषययमा छुट्टै छलफल र संवाद अघि बढाएका छन् ।  

दुइ पार्टीले पार्टी एकताको आधार राजसंस्था र हिन्दु राष्ट्रलाई मान्न दुवै पार्टी तयार रहेको दुवै पार्टीका नेताहरुले जनाएका छन । राप्रपाका  एक पदाधिकारी भन्छन,‘राजसंस्थालाई एकताको आधार मान्न उहाँहरु (पशुपति र लोहनी )तयार भए पछि एकीरकण प्रक्रिया सहज भएको हो । ’ त्यसो त, हिन्दु राष्ट्रको विषयमा दुवै पार्टीको एउटै धारणा छ ।

 स्रोतका अनुसार एकीकृत पार्टीमा ३ जना अध्यक्ष राख्नेमा करिब करिब सहमति भएको छ । जस अनुसार थापा,राणा र लोहनी अध्यक्ष हुने छन् । राप्रपा (संयुक्त)का एक नेता दुई  पार्टी एकताकोलागि सैद्धान्तिक सहमति भएको बताउदै  एकीकरणमा  अब कुनै समस्या नरहेको बतााउछन् । असार ६,७ र ८गते बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले समान विचार राख्ने पार्टीसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै राप्रपा (संयुक्त)सँग पार्टी एकीकरण गर्न राप्रपाले  बाटो खुला गरेको थियो । राप्रपाको निर्णय पछि राप्रपा (संयुक्त)को साउन ९गते बसेको उच्च स्तरीय कार्यसम्पादन समितिको बैठकले समान विचार राख्ने पार्टीसँग पार्टी एकता गर्ने राप्रपाको निर्णयलाई स्वागत गर्ने निर्णय गरेको थियो । त्यसपछि  साउन १३गते बसेको राप्रपाको कार्यसम्पादन समतिकिोे बैठकले राप्रपा (संयुक्त)को निर्णयलाई स्वागत गरेको थियो । ।

राप्रपामा एकता र फुट भने नयाँ विषय होइन । यसअघि पनि राप्रपा पटक पटक फुटेको छ भने पटक पटक जुटेको  पनि छ । हरेक पटक राप्रपाका नेताहरू अब कहिले नफुट्ने गरी एकता गर्दै छौ भन्ने गर्छन तर त्यसको केही समय पछि नै पार्टी फुटाउने पनि गरेका छन् ।  यसपटक पनि राप्रपा  र राप्रपा (संयुक्त)का नेताहरूले फेरि नफट्ने गरी एकता गर्छौ भनेका छन् ।  केही समयअघि मात्र राणाले नेतृत्व गरेको तत्कालिन राप्रपा (प्रजातान्त्रिक ) र लोहनीले नेतृत्व गरेको राप्रपा (राष्ट्रवादी)वीच एकीकरण भइ राप्रपा (संयुक्त) गठन गरिएको थियो ।

२०४६सालको आन्दोलन पछि राप्रपाको जन्म भएको थियो । जन्मदै राप्रपा दुइ वटा भए । एउटा राप्रपाको नेतृत्व सुर्यबहादुर थापा र अर्को राप्रपको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेका थिए । त्यसबेला देखि अहिलेसम्म  राप्रपा फुट्नु र जुट्नु एउटा सामान्य प्रक्रिया जस्तो भएको छ । राणा र लोहनी मिल्नु अघि राप्रपा नामका पार्टी तीन वटा थिए । अहिले भने दुइ वटा मात्र छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ