arrow

हेडमास्टर तोक्नेबारे झलनाथका झुठ कुरा

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
jhalnath-khanal.jpg

काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागको हेडमास्टर तोक्ने विषयमा कुनै विवाद नै नभएको बताएका छन्।

लामो समयदेखि पार्टी सचिवालय बैठक स्कुल विभागको हेडमास्टर (प्रमुख) तोक्न नसकेर सरेको सर्यै गरेको अवस्थामा वरिष्ठ नेता खनालले यसबारे विवाद नभई मिडियाले चलाएको हल्लामात्र भएको बताएका हुन्।

गत हप्ताको मंगलबार झापाको विर्तामोडमा प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले पार्टीभित्र उक्त विभागको नेतृत्व लिने विषयमा कहीँ कतै विवाद नभएको दाबीसमेत गरेका छन्।

उनले पत्रकारहरुसंग भने, ‘स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विवाद जुन तपाईंहरुले सुनिरहनु भएको छ, त्यो पार्टीमा कहीँ कतै छैन । यो विवाद केवल मिडियाले चलाएको विवाद हो ।’

खनालले पार्टीको नेतृत्वमा रहेका नेताहरु उक्त नेतृत्व लिनका लागि सक्षम रहेको दावी गर्दै सही मुल्यांकन गरेर पार्टीले जिम्मेवारी दिए आफू पनि स्कुल विभागको हेडमास्टर बन्न तयार रहेको बताए । उनले मुख हँसिलो पार्दै भने, ‘म देश हाँकेर आएको मान्छे स्कूल विभाग सामान्य कुरा हो । विभागको नेतृत्व पाए स्वीकार गर्छु ।’

झलनाथ खनाल सामान्यतया आफू दोष लिन खोज्ने प्रवृत्तिका नेता त यसै पनि हैनन्। पूर्व नेकपाका एक नेताका अनुसार उनमा आँटेर निर्णय गर्ने क्षमता अभाव छ। 

र पनि उनी झुठो भने बोल्ने नेता भएको उनका भनाइले नै स्पष्ट गर्दछ । पछिल्लो समय स्थगित समेत गरेर बसेको आधा दर्जन पटकको सचिवालय बैठकले स्कुलको हेडमास्टर तोक्न नै सकेको छैन । 

स्कुल विभागको प्रमुख पूर्व एमालेले लिने कि पूर्व माओवादी केन्द्रले लिने भन्नेमा व्यापक किचलो छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यसबारेमा पटक पटक छलफल समेत भए पनि निष्कर्षमा पुग्न सकेनन् । 

ओलीले ईश्वर पोखरेललाई हेडमास्टर बनाउन खोजिरहेका छन् भने प्रचण्डले नारायणकाजी श्रेष्ठलाई यो जिम्मा दिन खोजिरहेका छन् । यसबाटै विवाद उब्जिएको छ । 

३३ वटा मुख्य विभागमध्ये बाँकी रहेका विभागमा १८ एमाले र १४ माओवादीले आफ्नो भाग लगाइसकेका छन् । बाँकी छ त स्कुल विभागको प्रमुख तोक्न । यही कारणले निरन्तर सचिवालय बैठक लम्बिएको छ । 

अनि झलनाथ सजिलै भन्छन् – मिडियाले उचाल्यो । आफ्नो पार्टीले निर्णय गर्ने हो भने के मिडियाले यो निर्णय गलत हो भन्न मिल्छ ? विवादरहित बनाउन नसक्ने र कुर्सीको मोह भने पालिरहने अनि दोष मिडियालाई ? 

त्यतिमात्र होइन एउटा जिम्मेवारी पाइसकेका झलनाथले आफूले पाए स्कुल विभाग लिन योग्य भएको दावी पेश गरेका छन् । मतलब के देखियो भने उनी आफैले पनि विवादलाई मलजल गरिरहेका छन् । 

पाए आफै हेडमास्टर बन्नका लागि उनले लबिङ गरिरहेको उनको हाउभाउले देखाउँछ । एउटा विभाग पाएपछि फेरि अर्को विभागमा आँखा लगाउने उनको बानी पनि अचम्मकै छ । 

त्यतिमात्र होइन उनले सबै सचिवालय सदस्य योग्य रहेको दावी समेत गरेका छन् । उनले त्यो दावी गरेपछि ईश्वर वा नारायणकाजी जो भए पनि के फरक पर्छ त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ