arrow

तीन सातासम्म पनि पाएनन् डुवान पिडतले राहत

logo
प्रकाश मैनाली,
प्रकाशित २०७६ साउन २२ बुधबार
flood-rautahat.jpg

सर्लाही । असार अन्तिम साताको अविरल वर्षाका कारण सर्लाहीका बाढी एवं डुबानपीडितहरू पर्याप्त राहत नपाउँदा झनै पीडित बनेका छन्।  डुबानले घर लडेकाहरू उचित सरकारी राहतको आशामा बसेको तीन साता बितिसकेको छ।  सरकारी स्तरबाट भने पीडितलाई राहत त परै जाओस् क्षतिको विस्तृत तथ्यांक संकलन समेत सम्पन्न हुन सकेको छैन।

गत साउन ३ गते विपद् व्यवस्थापन समितिको बैठकले घर, बालिनालीलगायत विस्तृत सर्भे गर्ने भन्दै तथ्यांक संकलनका लागि ३२ वटा टोली गठन गरेको थियो । तर टोली गठन भएको  ३ साता बितिसक्दा ११ वटा स्थानीय तहको मात्र विस्तृत सर्भे विवरण संकलन भएको छ।

२० वटा स्थानीय तहमध्ये हालसम्म हरिपुर, बागमती, मलंगवा, लालबन्दी, हरिवन, कविलासी, ईश्वरपुर नगरपालिका तथा रामनगर, चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकाको मात्र तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।  बाढी एवं डुबानबाट सबैभन्दा बढी क्षति पुगेको धनकौल, बसबरिया गाउँपालिका एवं बलरा नगरपालिकासहित विष्णु, कौडेना र चक्रघट्टा गाउँपालिका तथा गोडैता, बरहथवा र हरिपूर्वा नगरपालिकाको तथ्यांक आउन सकेको छैन।

सर्लाहीमा बाढी एवं डुबानालले २४ सय घरमा पूर्ण क्षति भई १२ हजार ८४ जना सर्वसाधारण विस्थापित भएको तथा ५ हजार ५ सय घरमा आंशिक क्षति पुगेको विवरण स्थानीय प्रहरी प्रशासनले सार्वजनिक गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ