arrow

हामीले चाहेको लोकतन्त्रको बारेमा हरि शर्मा र कृष्ण खनालले चर्चा गर्ने

नेपालमा लोकतान्त्रिकरण प्रकृयाको संवाद श्रृंखलाको दोस्रो संस्करण

logo
प्रकाशित २०७६ साउन २३ बिहिबार

काठमाडौं। हामीले चाहेको लोकतन्त्र कस्तो भन्ने बारेमा हरि शर्मा र कृष्ण खनालले चर्चा गर्ने भएका छन्। समाजशास्त्रीय समाज नेपालको आयोजनामा हुने नेपालमा लोकतान्त्रिकरण प्रकृयाको संवाद श्रृंखलाको दोस्रो संस्करणमा शर्मा र खनालले हामीले चाहेको लोकतन्त्रको बारेमा चर्चा गर्ने भएका हुन्।

त्रिभुवन विश्वविद्यालय किर्तिपुरको सिनास भवनमा साउन २४ गते शुक्रवार दिनको दुई वजे संवाद कार्यक्रम हुने समाजशास्त्रिय समाज नेपालका सुदिप नकर्मीले जानकारी दिएका छन्। 

लोकतन्त्र सम्बन्धी समाजशास्त्रीय ज्ञानका विविध आयामहरुलाई सर्वसाधारणसम्म पुर्‍याउने र सर्वसाधारणसम्म पुर्‍याउने र सर्वसाधारणमा रहेका ज्ञानलाई समाजशास्त्रीय विश्लेषणमा समावेश गर्ने उद्धेश्यले २०७५ सालदेखि समाजशास्त्रीय समाज नेपालले नेपालमा लोकतान्त्रिकरण प्रकृयामा संवाद श्रृंखला चलाउँदै आएको छ।  

नेपालको लोकतन्त्र र लोकतान्त्रिकरण प्रकृयालाई सुदृढ बनाउन आफ्नो ठाउँबाट योगदान दिने उद्धेश्य पनि समाजशास्त्रीय समाज नेपालको छ।

यसअघी पहिलो श्रृंखलामा प्रदिप गिरि, दिनेश प्रसाई र स्वर्णीम वाग्लेले हामीले चाहेको लोकतन्त्रको बारेमा चर्चा गरेका थिए। 

श्रृंखलालाई १० देखि १२ भागसम्म सञ्चालन गर्ने योजना समाजशास्त्रीय समाज नेपालले बनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ