एनइसी कलेजमा राष्ट्रिय बिद्यार्थी संघको अधिवेशन, यादवको अध्यक्षतामा समिति गठन
प्रकाशित २०७६ साउन २४ शुक्रबार
666
Shares
भक्तपुर। राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघको चागुनारायण, भक्तपुर स्थित नेपाल इन्जिनियरिङ कलेजमा सम्पन्न दोश्रो अधिवेशनले निरज कुमार यादवको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।
अधिवेशनले उपाध्यक्षमा रोसन यादव, सचिवमा दिपक यादव, सहसचिव कंचन चौधरी, कोषाध्यक्ष आशिष यादव, सदस्यहरु रुपेश कुमार चौधरी, जन्दिन यादव, कृष्णा दास, रमन मण्डल, सुसान्त देव, आनन्द मण्डल सहित २१ जनाको समिति गठन गरेको हो।
दिपेश झाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चिरञ्जीवी यादव र संघका महासचिव रंजित निस्पक्षले विदर्यार्थी आन्दोलनको बारेमा बताएका थिए।
कार्यक्रममा संघको कसमस ईन्जिनियरिङ कलेजका एकाइ अध्यक्ष पुर्शोतम साह र विभिन्न विद्यार्थी संघ संगठनको एकाइ अध्यक्ष, प्रतिनिधिको उपस्थित थिए।