arrow

कब्जा गरिएको सरकारी जमिनमा बृक्षारोपण

logo
प्रकाशित २०७६ साउन २५ शनिबार
bricharopan.jpg

कपिलवस्तु। कपिलवस्तु नगरपालिका११ बनगाईको सुकुम्बासी टोलमा रहेको कब्जा गरीएको सरकारी जमिनमा बृक्षारोपण गरिएको छ । स्थानीय २ जना गाउलेहरुले कब्जा गरेको २ कठ्ठा खेतमा वडा कर्यालय, प्रहरी र स्थानीय गाउँलेहरुको रोहोवरमा बिभिन्न प्रजातीका बिरुवा रापिएको हो ।

स्थानीय सन्तराम केवट र सन्तराम मुराऊले कब्जा गरेको ८ नम्बर एलानी जग्गामा ३ सय बिरुवा रोपिएको थियो । शीर्षा, बकाईनो लागतउका प्रजातिका बिरुवाहरु गाउलेहरुले नै रापेका थिए ।

वडा अध्यक्ष रामगोपाल यादव, प्रहरी चौकी जहदीका प्रहरी सहायक निरीक्षक यागेन्द्र यादलव, बडा सदस्य सुर्य देव तेली, समाजसेबी गौरी शंकर बरईको संयुक्त प्रयासमा कब्जा गरिएको जग्गा खाली गराईएको थियो ।

वडा अध्यक्ष यादवले गाउले र सर्बैको प्रयासले कब्जा गरिएको जग्गा खाली गराई बृक्षारोपण गरिएको बताए । बृक्षारोपणमा ५० बढी गाउलेहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ