मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा ईद–उल–अजहा मनाइँयो

मणि प्रसाद गैह्रे, प्रकाशित मिति : २०७६ श्रावण २७ सोमबार

कपिलवस्तु। मुलुकभरकै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधामसंग मनाइँएको छ । मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद कपिलवस्तुका मस्जिदमा सोमबार भव्य रुपमा मनाइएको छ। इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। कपिलवस्तुका मुस्लिम समुदायले हर्षौउल्लासको साथमा इद पर्व मनाएका छन्।

 ईदकै अवसरमा कपिलवस्तु नगरपालिका २ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामुहिक नवाज पढि बकरा ईद मनाउन थालिएको हो ।महिलाहरुलाई पर्दा लगाएर छुटटै नवाज पढने व्यवस्था गरिएकोले महिलाहरु बालबालिका सहित नवाज पढन मस्जिदमा पुगेका थिए । मुस्लिम बाहुल्याता रहको कपिलवस्तुमा मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाउदै गरेका हुन ।

सो अवसरमा कपिलवस्तु नगरपालिका २ मा रहेको तौलिहवा ईदगाहमा मदरसा नैमुल उलुमका मौलाना अली हसन नजामीले धार्मीक बिधी अनुरुप नवाज पढाएका थिए । त्यसै गरि कपिलवस्तु नगरपालिका ४ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ५ सय बढि महिलाले सामुहिक नवाज पढेका छन ।

बकरा ईदका अवसरमा मुस्लिम धर्माबलम्बीलाई शुभकामना दिन संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव र काँग्रेस  नेता सुधाकर पाण्डेय ईदगाहमा पुगेका थिए । ईद उल अजहाको अवसरमा प्रदेश ५ सरकारले सोमबार बिदा दिए पनि केन्द्र सरकारले बिदा नदिएको भन्दै कपिलवस्तुका मुस्लिम अगुवाले गुनासो गरे ।  जिल्लाको तौलिहवा, कृवष्णनगर, पकडी,लवनी, चन्दौटा लगायतका क्षेत्रमा हर्षोउल्लासका साथ यो पर्व मनाइएको छ ।

नयाँ