बहालवाला मन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश
प्रकाशित मिति : २०७६ श्रावण २८ मंगलबार

काठमाडौँ । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो ।
उनीहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">