काठमाडौं । नेपाली कांग्रेसले प्यूठानका क्रियाशील सदस्य धनकला गुरुङको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भारतको चण्डीगढमा उपचारका क्रममा आज निधन भएका ६६ वर्षीया गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
कांग्रेसले मृतक गुरुङको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
प्यूठानको तत्कालीन दाङबाङ गाविस कांग्रेसका वडा सचिवसमेत भइसक्नुभएका स्व गुरुङले विसं २०५४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएका थिए ।