arrow

दुईचार जनाले आन्दोलन र टायर बाल्दैमा सरकार झुक्दैन : मन्त्री

असारे विकासको परम्परा अन्त्य गर्नुपर्छ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ३० बिहिबार
Indra-Bahadur-Aangbo.jpg

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बाले अव असारे विकासको परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् । पाँचथरको सदरमुकाम जोड्ने तीन वटा ग्रामिण सडकको कालोपत्रे गर्ने कार्यको बिहिबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

सबै तर्फबाट सरकारले असारे विकासका विषयमा आरोप खेप्नु परीरहेकोले यसको अन्त्य जरुरी रहेको उनको भनाई थियो । उनले प्रदेश समन्व परिषद बैठकबाट अब जेठ पछाडि कुनै पनि निर्माणको काम नगर्ने प्रतिबद्धता गर्ने बताए ।

स्थानिय तहहरुले पनि बजेट पाइसकेपछि कामको सुरुवात गर्नुपर्ने र असारमा मात्र भुक्तानि हुने परम्परा अन्त्य गर्नु पर्नेमा जोड दिए।

उनले फरक प्रसंगमा बोल्दै दुईचार जनाले आन्दोलन गर्दैमा र टायर बाल्दैमा सरकार कसै सामु नझुक्ने चेतावनी दिए । विकास र समृद्धि प्रति बर्तमान सरकार अठोटका साथ अगाडि बढिरहेको बताए ।

सदरमुकाम फिदिम जोड्ने महत्वपुर्ण ग्रामिण सडक शिवा दोभान–लुम्फाबुङ–नवमीडाँडा सडक, सरखण्डे–यासोक सडक र फिदिम– फालोट सडक गरी ३ वटा सडक कालोपत्रेका लागि आङ्बोले शिलान्यास गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ