arrow

किशोरीलाई ललाइफकाइ एक वर्षदेखि करणी गर्दै आएका पतिमान पक्राउ

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
pitmaan.jpg

बागलुङ । बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कारको आरोपमा ५४ वर्षीय पतिमान सार्कीलाई पक्राउ गरि सार्वजनीक  गरेको छ । बागलुङ जिल्ला प्रहरी कार्यालयले पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको  हो ।

 निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

यस्तै लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ घर भई बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत आज सार्वजनिक गरिएको छ । छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ