arrow

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
rabi-lamichhane.jpg

काठमाडौैं । न्युज २४ टेलिभिजनका सीधा कुरा जनतासँग कार्यक्रममा सञ्चालन पत्रकार रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न चितवन अदालतले आदेश दिएको छ ।

शुक्रबार चलेको लामिछाने सहित ३ विरुद्धको थुनछेक बहस पछि यस्तो आदेश दिईएको हो । पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंबाट रविसहित ३ जना पक्राउ परेका थिए।

लामिछानेसहित अर्का पत्रकार युवराज कँडेललाई पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ टेलिभिजनको कार्यालय पुगेको थियो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए।भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् ।

युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा सुनाएका छन् । ‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ