arrow

बामदेवलाई प्रचण्डको खेमामा जान नदिन नेकपामा नयाँ पद सिर्जना

बहुचर्चित स्कूल विभागमा उपप्रधानमन्त्री पोखरेल

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
bamdev-gautem.jpg.jpeg

काठमाडौं । लामो समयदेखि ओलीसँग असन्तुष्ट रहेका बामदेव गौतमलाई प्रचण्डको खेमामा जानबाट रोक्नको लागि नयाँ पद सिर्जना गरिएको छ । शुक्रबार बसेको नेकपा सचिवालयका बैठकले नयाँ पद सिर्जना गरी गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । 

यस अघि प्रधानमन्त्री केपी ओलीको खेमामा रहेका बामदेवले पार्टी एकतापछि जिम्मेवारी नपाएपछि उनी पार्टीप्रति असन्तुष्ट थिए । उनले पुसको स्थायी समिति बैठकमा ओली विरुद्ध १६ पृष्ठलामो छुट्टै प्रतिवेदन पेश गरेपछि उनी ओली खेमाबाट टाढा भएको देखिएको थियो । 

ओलीसँग कुरा नमिलेपछि गौतम प्रचण्डसँग नजिक भएका थिए । उनलाई प्रचण्डको खेमामा जानको लागि उनलाई तत्काल कुनै जिम्मेवारी दिनु आवश्यक थियो । पछिल्लो समय प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुँदा सरकारले काम गर्न नसकेको भनेर सरकारको आलोचना समेत गरेका थिए । त्यो आलोचनापछि उनको मुखबुजो लगाउनको लागि नयाँ पद सिर्र्जना गर्ने सहमति भएको हो । 

त्यस्तै, नेकपाको बहुप्रतिक्षित स्कूल विभागको जिम्मा उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले पाएका छन्। पोखरेलसँगै प्रचण्ड खेमाका नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल र वेदुराम भुसाललगायतले यसमा दाबी दाबी गरेका थिए। यसमध्ये प्रचण्डखेमाका श्रेष्ठलाई प्रचार विभागको जिम्मा दिएर पोखरेललाई स्कूल विभागको जिम्मा दिईएको हो । 

यस बाहेक विदेश विभागको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभाग झलनाथ खनाल, संगठन विभाग  वामदेव गौतमले पाएका छन् । 

क्रम संख्या    कार्यक्षेत्र    जिम्मेवारी
१    अर्थ तथा योजना विभाग      प्रमुख – सुरेन्द्रप्रसाद पाण्डे 
उपप्रमुख – डोरप्रसाद उपाध्याय 
२    उद्योग तथा वाणिज्य विभाग     प्रमुख – राधाकुमारी ज्ञवाली   
उपप्रमुख – वामदेव क्षेत्री 
३    उपभोक्ता हित तथा आपूर्ति विभाग     प्रमुख – मातृकाप्रसाद यादव 
उपप्रमुख – बलराम बाँस्कोटा
४    कृषि तथा भूमिसुधार विभाग    प्रमुख – चक्रपाणि खनाल  
उपप्रमुख – हरि पराजुली 
५    कोष तथा आर्थिक व्यवस्थापन विभाग     प्रमुख – हरिबोल गजुरेल 
उपप्रमुख – कृष्णगोपाल श्रेष्ठ  
६    खानेपानी तथा सरसफाइ विभाग     प्रमुख – विना मगर 
उपप्रमुख – ममता गिरी  
७    जलस्रोत, सिंचाइ तथा ऊर्जा विभाग     प्रमुख – वर्षमान पुन  
उपप्रमुख – परशु मेघी गुरुङ  
८    निर्वाचन विभाग     प्रमुख – प्रदीपकुमार ज्ञवाली 
उपप्रमुख – खिमलाल देवकोटा 
९    न्याय, कानून तथा मानवअधिकार विभाग     प्रमुख – रघुजी पन्त 
उपप्रमुख – मुक्तिनारायण प्रधान 
१०    पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग     प्रमुख – योगेशकुमार भट्टराई 
उपप्रमुख – पासाङ शेर्पा 
११    प्रचार तथा प्रकाशन विभाग     प्रमुख – नारायणकाजी श्रेष्ठ 
उपप्रमुख – सूर्यबहादुर थापा  
१२    प्रादेशिक मामला विभाग     प्रमुख – घनश्याम भुसाल  
उपप्रमुख – परशुराम तामाङ 
१३    पार्टी स्कूल विभाग     प्रमुख – ईश्वर पोख्रेल 
उपप्रमुख – देवेन्द्र पौडेल  
१४    पुस्तकालय तथा अभिलेख विभाग     प्रमुख – नारायणप्रसाद शर्मा 
उपप्रमुख – ज्ञानबहादुर भुजेल  
१५    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग     प्रमुख – रघुवीर महासेठ 
उपप्रमुख – हरि अधिकारी   
१६    युवा तथा खेलकूद विभाग     प्रमुख – टोपबहादुर रायमाझी  
उपप्रमुख – ठाकुर गैरे 
१७    राजकीय मामला तथा सुशासन विभाग         प्रमुख – रामबहादुर थापा  
उपप्रमुख – गुरुप्रसाद बराल 
१८    वन तथा वातावरण विभाग     प्रमुख – शक्तिबहादुर बस्नेत  
उपप्रमुख – चूडामणि जङ्गली
१९    विज्ञान तथा प्रविधि विभाग     प्रमुख – गणेश शाह 
उपप्रमुख – अरुणप्रसाद नेपाल
२०    विदेश मामला विभाग     प्रमुख – माधवकुमार नेपाल 
उपप्रमुख – सुरेन्द्र कार्की 
२१    शिक्षा तथा मानवश्रोत विभाग     प्रमुख – गिरिराजमणि पोखरेल  
उपप्रमुख – विजय पौडेल 
२२    श्रम तथा रोजगार विभाग     प्रमुख – गोकर्ण विष्ट 
उपप्रमुख – रामेश्वर राय यादव   
२३    सङ्गठन विभाग     प्रमुख – वामदेव गौतम 
उपप्रमुख – जनार्दन शर्मा 
२४    सङ्घीय संसदीय विभाग     प्रमुख – सुवास नेम्वाङ 
उपप्रमुख – देवप्रसाद गुरुङ  
२५    समाजकल्याण विभाग     प्रमुख – केशवलाल श्रेष्ठ  
उपप्रमुख – गोपाल ठाकुर  
२६    सहकारी तथा गरीबी निवारण विभाग     प्रमुख – विष्णुप्रसाद रिमाल 
उपप्रमुख – धर्मदत्त देवकोटा 
२७    शहरी विकास विभाग     प्रमुख – लेखराज भट्ट 
उपप्रमुख – जगन्नाथ खतिवडा 
२८    सामान्य प्रशासन विभाग     प्रमुख – लालबावु पण्डित 
उपप्रमुख – रेखा शर्मा  
२९    साहित्य, कला तथा संस्कृति विभाग     प्रमुख – मणि थापा 
३०    स्थानीय तह विभाग     प्रमुख – युवराज ज्ञवाली  
उपप्रमुख – उर्मिला अर्याल  
३१    स्वास्थ्य तथा जनसङ्ख्या विभाग     प्रमुख – राजेन्द्रप्रसाद पाण्डे 
उपप्रमुख – अञ्जना विसङ्खे  
३२    नीति अनुसन्धान प्रतिष्ठान     संयोजक – झलनाथ खनाल  
सहसंयोजक – रामचन्द्र झा    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ