arrow

तिब्बती शरणार्थीलाई नागरिकता प्रकरण : पोखराका वडाध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
arrest.jpg.jpeg

काठमाडौं । प्रहरीले तिब्बती शरणार्र्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा पोखरा महानगरपालिकाका वडा नं १८ का अध्यक्ष रणबहादुर थापालाई पक्राउ गरेको छ । शुक्रबार कास्की प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राख्न माग सहित जिल्ला अदालत कास्कीमा मुद्दा पेश गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । 

चिनियाँ शरणार्थीलाई नागरिकता दिएको प्रकरणमा पक्राउ पर्ने उनी नवौं आरोपी हुन् । यसअघि लेखबहादुरकै छोरीहरु भनिने २ सहित ८ जनालाई पक्राउ गरिएको थियो । शुक्रबार थापासँगै वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई समेत प्रहरीले पक्राउ गरेको छ । 

यस अघि प्रहरीले फर्जी कबुल गरेको आधारमा ८ जनालाई पक्राउ गरिसकेको छ । लेखबहादुरकै छोरीहरु हुन् भन्ने आधिकारिक कागजमा दस्तखत गरेको भन्दै साउन २५ गते प्रहरीले बेलबहादुर थापा, ज्ञानबहादुर क्षेत्री, सन्तोष थापा मगर, कमल थापा र इमा थापामगरलाई समेत पक्राउ गरिसकेको छ । 

उनीहरुसँगै पोखरा सारङ्कोटका लेखबहादुर थापाका नातिनीहरु सरु र तासीआङ्मोलाई पनि पक्राउ गरिसकेका छन् । लेखबहादुरले चिनियाँ शरणार्थीसँग गएकी छोरीतर्फकी २ नातिनीहरुलाई छोरी बनाएर नागरिकता दिलाएको आरोप उनी विरुद्ध छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ