arrow

बिरामी भेट्न पोर्चुगलको अस्पताल पुगे विश्वप्रकाश

logo
भरत प्रधान,
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
sharma3.jpg

पोर्चुगल । युरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सडक दुर्घटनामा परी हाल उपचारारत एक नेपाली युवालाई भेट्न अस्पताल पुगेका छन् ।

यहाँस्थित क्रुज भर्मेलो अस्पतालमा उपचारारत दाङ घोराहीका ३६ वर्षीय लोकेन्द्र पुनमगरलाई नेता शर्माले अस्पताल पुगेर भेटेका हुन् । नेता शर्माले पुनमगरसँग प्रत्यक्ष भेटेर उनको उपचार र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । पुनमगर वैदेशिक रोजगारीका सिलसिलामा १० महीना अगाडि पोर्चुगल आएका थिए ।

पोर्चुगल आएको दुई महिना पनि नपुग्दै पुनमगर काममा जाने क्रममा सडक दुर्घनामा परी गम्भीर घाइते भएका थिए । उनि यहाँस्थित एक कृषि कम्पनीमा कृषि मजदूरका रूपमा कार्यरत थिए । दुर्घटनामा परी दुई सातासम्म अचेत भएका उनको ढाड, पेट र खुट्टामा गम्भीर चोट लागको थियो । पुनमगरको विगत नौ महिनादेखि उपचार हुँदै आइरहेको छ ।

नेपाली युवा अस्पतालमा रहेको खबर थाहा पाएपछि बिरामीको आत्मबल र हौसला बढाउने उद्देश्यले राजनीतिक कार्यक्रम र अन्य भेटघाटलाई छोट्याएर बिरामी भेट्न अस्पताल पुगेको नेता शर्माले बताए।

“मेरो विदेश भ्रमण राजनीतिक कार्यक्रम, घुमघाम र तस्बीर खिच्नका लागि मात्र होइन”, शर्माले भने, ”परदेशमा दुःख, पीडा भोगेका र अस्पतालको शय्यामा थलिएका नेपाली दाजुभाइसँग भेटघाट गर्ने र उनीहरुका पीडामा मलम लगाउने पनि हो ।”

धन कमाउने मिठो सपना बुनेर उज्ज्वल भविष्यको खोजीमा रोजगारीका लागि विदेशभूमिमा आएर यसरी थलिनु अत्यन्तै दुःखद् भएको उनले बताए ।

पुनमगरको थप उपचार र आवश्यक सहयोगका लागि सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायत सम्बन्धित निकायसँग पहल गर्ने उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ