arrow

पार्टी एकता नगरेको भएपनि हुन्थ्यो कि जस्तो लाग्छ : प्रचण्ड

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
prachanda-chitwan-2019.jpg

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गरेकोमा पछुतो मानेका छन् । शनिबार राजधानीमा नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कहिलेकाहिँ आफूलाई पार्टी एकता नगरेको भएपनि हुन्थ्यो भन्ने अनुभूति हुने सुनाए । 

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले ३३ वटा विभागको प्रमुख चयन गरेकोमा आफूले भने जस्तो नभएपछि असन्तुष्ट रहेका प्रचण्डले यस्तो बताएका हुन् । बैठकले महत्वपूर्ण मानिएको स्कूल विभाग, विदेश विभाग, संगठन विभाग आदिमा पूर्व एमाले निकटका नेताहरुलाई चयन गरेको छ । त्यसमा प्रचार विभाग प्रमुखमा भने उनी निकट रहेका नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ । 

उनले पार्टीको बैठकमा धेरैकुराहरु त्याग गरिएको स्मरण गर्दै कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि पनि गरिएको स्पष्ट पारेका छन् । सरकारको विषयमा कुराकानी गर्दै उनले यस्तो अबसर सधैं नआउने भन्दै यसलाई सरकारले अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ