arrow

पत्रकार डायल्सन अधिकारीको सडक दुर्घटनामा निधन 

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
dayalsan-adhikari.jpg

सप्तरी। सप्तरीमा भएको सडक दुर्घटनामा परि रुपन्देहीका पत्रकार डायल्सन अधिकारीको निधन भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट लगानी सम्मेलनका सहभागि लिएर बिराटनगर जाँदै गरेको वा १६ प २२३५ नम्बरको बोलेरो दुर्घटनामा पर्दा अधिकारीको घटनास्थलमै निधन भएको हो। 

घटनामा रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाअध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डे र चालक अशोक भण्डारी गम्भीर घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिए पनि त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएको छ। अधिकारीको शब भने राजविराजमा रहेको छ। 

नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसालले सडक दुर्घटनाको बिषयमा रुपन्देही प्रहरीमा निवेदन दिइएको र त्यसको आधारमा प्रहरीले सप्तरी सदरमुकाम राजविराजमा रहेको सगरमाथा अस्पतालमा अधिकारीको शवको पोष्टमार्टम प्रक्रिया अघी बढाउने जानकारी दिइन। 

भुसालका अनुसार पोष्टमार्टम पछि शबलाई रुपन्देही ल्याइने छ। स्वर्गीय अधिकारीका श्रीमती र दुई सन्तान रहेका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ४२ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए। उनी लगन मिडिया प्रालिमा पनि संलग्न थिए ।

नेपाल प्रेस युनियन रुपन्देहीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधी रहेका अधिकारीको निधनमा युनियनका महासचिव अजयबाबु शिवाकोटीले दुख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ