arrow

युवाहरुको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैन : कमल थापा

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
kamal-thapa-rpp-tucon.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्।

राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले श्रमिक र किसानको प्रतिनिधी बताउने कम्युष्टिहरुको दुई तिहाइको सरकार भएको अवस्थामा पनि नेपाली युवाहरुले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानीनु दुःखद रहेको बताए।

भ्रष्टाचार हेर्न पनि सक्दिन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेकै अवस्थामा राज्यको ढुकुटीमा संगठित रुपमा नै ब्रम्हलुट हुँदैगरेका तथ्यहरु बाहिर आएको बताउँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै निरिह र असफल प्रधानमन्त्रीको रुपमा जनताले मूल्याङकन गर्ने दिन नआओस् भन्दै कामना समेत गरे।

सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताए।

श्रमिकहरुलाई प्रयोग गरेर वन सामन्त र नव धनाढ्यहरुको दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै अध्यक्ष थापाले नेपालको इतिहासमै श्रमिकहरुको चरम शोषण भइरहेकोले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ध्यानाकर्षण गर्दै तल्लो तहसम्म संगठन विस्तार गरेर श्रमिकहरुको हितमा जोडदार आवाज उठाउन आग्रह गरे। 

विगतका कमी कमजोरीहरुलाई सच्याएर राप्रपा अघि बढिसकेकोले आगामी निर्वाचनमा कांग्रेस र कम्युनिष्टको विकल्पमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गराउन उनले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) मार्फत देशभरका श्रमिकहरुलाई ऐक्यवद्धताको लागि आग्रह समेत गरे।

स्थापनाको छोटो अवधीमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले मुलुकभरी संगठन विस्तार र्गार राष्ट्रिय सम्मेलन समेत सम्पन्न गरेकोमा महासंघलाई बधाई दिँदै अध्यक्ष थापाले देशभरबाट आएका सहभागि श्रमिकहरुलाई वडास्तरसम्म महासंघको संगठन विस्तार गर्न निर्देशन दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक वोहराले देशमा पर्याप्त रोजगारको सिर्जना नभएसम्म मुलुक समृद्ध नहुने बताउँदै ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले संगठन विस्तार गर्दै यसतर्फ दवाव सिर्जना गर्नुपने बताए। सम्बोधनकै क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आइएलओ सन्धिको पूर्ण रुपमा पालना नभएसम्म श्रमिकहरुको उत्थान नहुने बताउँदै पार्टीहरुलाई अप्ठ्यारो परेको बेलामा मात्र श्रमिकहरुसँग गुहार माग्ने र सक्तमा पुगेपछि विर्सने परिपाटीकै कारण श्रमिकहरु आफ्नो हक हितबाट वञ्चित हुनुपरेको बताउँदै मुलुकको स्थायित्वको लागि दुरदर्शी एजेण्डा बोकेको पार्टी राप्रपा र यसको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) मा आवद्ध हुन सबै श्रमिकहरुलाई आग्रह गर्।

सो कार्यक्रममा श्रमिक नेताहरु प्रेम बहादुर खत्री, युसुफ साफी, हर्कजंग थुंगीम लिम्बु लगायतले मन्तब्य व्यक्त गरेका थिए। ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका महिला विभाग प्रमुख माया प्रसाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका महासचिब वशन्त रिमालले गरेका थिए। सो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा ५३ जिल्लाका २५७ श्रमिकहरुको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ