arrow

रवि लामिछानेलाई भेट्न पुगे कुन्दन काफ्ले

रबिको बयान अझै लिइएन

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
rabi-lamichhane.jpg

चितवन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि हिरासतमा लिइएका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनमा गई नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्लेले भेटेका छन्।

प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनुपर्नेमा आफ्नो जोड दिए।

भेटमा रबिले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको तर हालसम्म आफुलाई प्रहरीले बयान समेत नलिएको उनले जानकारी दिए ।

यसअघी नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले चितवनमा पुगी लामिछानेलाई भेटे। उनले लामिछानेको विषयमा निष्पक्ष छानविन हुनुपर्ने माग गरे। परिस्थिति हेर्दा सरकारले नियतवस लामिछानेलाई दुख दिने नियत राखेको देखिएकोले यस बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बडुले बताए। 

पुडासैनीको मृत्युको विषयमा प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै लामिछानेलाई न्यूज २४को कार्यालयमा पुगि कार्यक्रम प्रसारणको समय अगाडी नियन्त्रणमा लिइएको थियो।

मिडिया हाउसमा प्रवेश गरि पत्रकारलाई हुलहुज्जत गरि नियन्त्रणमा लिइएकोमा नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, मिडिया सोसाइटी लगायतले यसको विरोध गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ