arrow

केपी ओली र उपेन्द्र यादवबीच खटपट सुरु

‘हामीलाई देखाएर ओली सरकारले दुइ तिहाइको दम्भ देखाएको छ। तर हाम्रो एजेण्डालाई भने सरकारले पूरै वेवास्ता गरेको छ। त्यसैले सरकारले जे गरे पनि दुई तिहाइको साक्षी हामी बस्न सक्दैनौ’

logo
राजु रिमाल,
प्रकाशित २०७६ भदौ २ सोमबार
oli-upendra-yadav.png

काठमाडौं। दुई सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीवीच खटपट सुरु भएको छ। दुई पार्टीबीचको सम्बन्ध विग्रदै गए पछि समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार गोरखामा गरिएको पार्टीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति आक्रोश पोखेका थिए।

अब सरकरमा बस्न नसकिने आसय उनले राखेका थिए। उनको भनाइ थियो, संविधान संशोधन गर्ने एजेण्डामा हामी सरकारमा गएका थियौ। तर संविधान संशोधन गर्न प्रधानमन्त्रीले चासो देखाउनु भएको छैन।’संविधान संशोधन नभए पार्टी सरकारमा बस्नुको औचित्य नहुने उनको भनाइ थियो  
समाजवादी पार्टी स्रोतका अनुसार सरकार छाड्न पार्टीभित्र पार्टी नेतृत्वमाथि गम्भिर दबाब बढ्दै गएको छ।

साउन २२ गते बसेको पदाधिकारी बैठकमा बोल्ने अधिकांश पदाधिकारीहरुले अव पनि सरकारमा बस्नुको औचित्य नहुने सुझाव राखेका थिए। स्रोतका अनुसार बैठकमा पदाधिकारीको भनाइ थियो,‘सरकारले संविधान संशोधन गर्ने छाँटकाँट छैन। यस्तो स्थितिमा हामी सरकारमा बस्यौ भने हाम्रो ग्राउण्ड सकिन्छ।’ सरकार छाड्न दबाब दिनेहरुमध्ये अधिकांश पूर्व नयाँ शक्ति पार्टीका नेताहरु छन्। तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण हुँदा एकीकरण पछि एकीकृत पार्टीले सरकार छाड्ने अनौपचारिक सहमति भएको पूर्व नयाँ शक्ति पार्टीका नेताहरु बताउछन्।

सहमति कार्यान्वयन नगरिएको उनीहरुको भनाइ छ। पार्टीका राष्ट्रिय परिषद अध्यक्ष बाबुराम भट्टराइ स्वयले सरकार छाड्न अर्का अध्यक्ष यादववलाई दबाब दिएका छन्। स्रोतले भन्यो,‘तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीवीच एकीकरण पछि नेकपासँग समाजवादी पार्टिको खटपट झन बढेको हो।’

समाजवादी पार्टीका नेताहरु संविधान संशोधनमा सरकारले अलिकति पनि चासो नदेखाएमा सरकारको नेतृत्व गरेका प्रधानमन्त्री र नेकपाका नेताहरुसँग आक्रोशित भएका हुन।

पार्टीका महासचिव रामसाह यादवले संविधान संशोधनमा सरकारले चासो नदेखाएमा पार्टी सरकारसँग असन्तुष्ट भएको धारणा राख्छन्। पार्टी स्रोत भन्छ, संविधान संशोधन गर्न समय सिमा राखेर एक पटक अन्तिम चेतावनी पार्टीले दिने छ। त्यसपछि पनि सरकारले संविधान संशोधनको काम अघि बढाएन भने पार्टी सरकार बाहिरिन्छ।’

भदौसम्म प्रधानमन्त्रीलाई अल्टिमेटम दिने तयारी भएको पार्टीका नेताहरु बताउछन्। स्रोतले भन्यो,आगामि कात्तिकको मसान्तमा तय गरिएको राजपाको महाधिवेशन अघि नै राजपासँग पार्टी एकीकरण गर्ने तयारी छ। 
त्यस्तो हो भने कात्तिक मसान्तसम्म पार्टी सरकारबाट बाहिरिन सक्छ।’राजपाका नेताहरुले पार्टी एकीकरण गर्न समाजवादी पार्टी सरकारबाट बाहिरिनु पर्ने शर्त राखेका छन्। 

लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने विषयमा पनि सरकार र समाजवादी पार्टीवीच सम्बन्ध विग्रको छ। राजपाले लाल अयोगको प्रतिबेदन सार्वजनिक गर्न माग राख्दै पटक पटक संसद अवरुद्ध गर्दै आएको छ। यस मागमा समाजवादी पार्टीका नेताहरुको पनि सहमति छ।

मधेस आन्दोलनको क्रममा भएको क्षतिको बारेमा छानविन गर्न सरकारले लाल आयोग गठन गरेको थियो। आयोगका प्रतिबेदनमा मधेस आन्दोलन सिर्जनमा हुनुमा तत्कालिन सरकार जिम्मेवार भएको दोषि देखाइएको छ। त्यसैले पनि राजपा र समाजवादी पार्टीका नेताहरु लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न पटक पटक दबाब दिदै आएका हुन्। तर सरकार भने  लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न मानेको छैन। 

यसैगरी सरकरको कार्यशलीप्रति पनि सरकार र समाजवादी पार्टीवीच सम्बन्ध विग्रेको छ। सरकारले गरेका राजनीतिक नियुक्त तथा अन्य निर्णयहरुमा प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवले सन्तुष्ट नभएको स्रोतको भनाइ छ। राजपाका एक पदाधिकारी भन्छन,‘हामीलाई देखाएर ओली सरकारले दुइ तिहाइको दम्भ देखाएको छ। तर हाम्रो एजेण्डालाई भने सरकारले पूरै वेवास्ता गरेको छ।

त्यसैले सरकारले जे गरे पनि दुई तिहाइको साक्षी हामी बस्न सक्दैनौ।’ २०७५ जेठ २२ गते तत्कालिन संघीय समाजवादी फोरम नेपाल र सरकारवीच दुई बुँदे सहमति भइ तत्कालिन फोरम सरकारमा गएको थियो। दुई बुँदै सहमतिमा संविधान संशोधन गर्ने प्रतिबद्धता सरकारले गरेको थियो। फोरम सरकारमै गएको बेला तत्कालिन फोरम र नयाँ शक्ति पार्टीवीच एकीकरण भइ समाजवादी पार्टी गठन भएको छ।

तत्कालिन नयाँ शक्तिका संयोजक तथा समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष भट्टराइ अहिले पनि प्रतिनिधि सभामा प्रतिपक्षको कुर्सीमा बस्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ