arrow

बुटवल पुगेर काँग्रेस शीर्ष नेताले भने ''जुनसुकै बेलापनि सरकारविरुद्ध आन्दोलन हुनसक्छ''

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
deuba-poudel-sitoula-1.jpg1.jpeg

रुपन्देही । नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रदेश न‌ं ५ को रुपन्देहीमा भेला भएका छन् । महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण भेलाका लागि बुटवल पुगेका शीर्षनेताहरुले सरकारको चर्को आलोचना गर्दै जुनसुकै बेलापनि आन्दोलनका लागि तयार रहन भनेका हुन् । 

कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरे। सरकार सही गतिमा नहिँडेको र गैरजिम्मेवार बनेको भन्दै काँग्रेसले कुनैपनि बेला सडक आन्दोलनमा होमिनसक्ने चेतावनी दिए । 

सरकारले संवैधानिक आयोगको रुपमा मानवअधिकार आयोगलाई सरकार मातहत ल्याउन खोजेको, प्रजातन्त्र विरोधि गतिविधिमा सक्रिय भएको भन्दै यसको विरुद्ध आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए । 

राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध लडेको काँग्रेस ओली सरकारले प्रजातन्त्र विरोधी काम गरेको टुलुटुलु हेरेर नबस्ने बताए । उनले पार्टी पछिल्लो समय आन्तरिक रुपमा बलियो बन्दै गएको भन्दै अन्तरघात गर्नेलाई कारवाही गरिने बताए । 

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुईतिहाई मतको सम्मान गर्न नसकेको बताए । नेकपाको कारण जनताले अहिले दुख पाएको भन्दै सरकारको आलोचना गरे । 

कार्यक्रममा पार्टी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेस कार्यकर्तामा मात्रै सीमित हुन नहुने बताए । उनले अब जनताको मन जित्न तर्फ सरकार सक्रिय हुनुपर्ने उनको तर्क थियो । जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने पनि सिटौलाको धारणा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ