arrow

अठार महिनापछि पहिलो पटक प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आब्हान 

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
pm-office.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् ।

उनी प्रधानमन्त्रीमा निर्वाचित भएको १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । 

अहिलेसम्म प्रतिपक्षहरुको कसैको चासो नभएका ओलीले यसपटक किन बोलाए त सर्वदलीय बैठक भन्ने कौतुहल छ । उनले कुनै समय भनेका थिए –दुई तिहाईको सरकारलाई कसरी काम गर्नुपर्छ भन्ने थाहा छ प्रतिपक्षीहरुको चाकडी गर्नुपर्दैन । 

उनले सर्वदलीय बैठकमा मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न खोजेको बताइएको  छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीविहीन छन् ।

आयोग बनेको लामो समय भए पनि काम गरेको छैन । सशक्त द्धन्द्धका अपराधहरु मिलाउनु पर्ने भएकाले यो विषय जटिल छ । यही प्रसङ्गमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए विश्वभर चर्चित हुने भन्दै चर्को भाषणसमेत गरिसकेका छन् । 

पीडितहरुका हजारौं निवेदनका चाङ भए पनि सम्वोधन हुन सकेको छैन । तर आयोगमा पदाधिकारी नियुक्तिका लागि फेरि पनि भागबण्डा गर्न सर्वदलीय बैठक बोलाइएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ