arrow

आयोगमा राति छिरेका बच्चुराम फर्किएनन्

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
aayog1.jpg

काठमाडौं। सिंहदरवारस्थि राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत अवस्थामा फेला परेका बच्चुराम केसी आयोगको कार्यलयमा राति छिरेको सिसि क्यामरामा देखिएको एक कर्मचारीले बताएका छन्  । केसी सोमबार बेलुका आठ बजे आयोगको कार्यलयमा छिरेको देखिएको हो ।  केसी प्रसाशनको माथिल्लो तलामा गएर केरा खाएर फ्यालेको बोक्रा समेत भेटिएको ती कर्मचारिले बताए ।

मंगलवार कार्यालय खुल्दा उनलाई सोहि कोठामा आयोगमै कार्यरत स्टोरकिपर बच्चुराम मृत फेला परेका हुन् । आयोगको कार्यकक्षमा एक तलामाथि केसीलाई मृत अवस्थामा फेला पारिएको हो। प्रहरीले उनको बिष खाएर निधन भएको अनुमान लगाइएको छ ।

टौदह घर भएका केसी करिव ५० बर्षका थिए। सिंहदरवारस्थित प्रहरी टोली र अपराध अनुसन्धानको टोलीले अनुसन्धानमा गरिरहेको छ। शवको पोष्टमार्टम गर्न एम्बुलेन्स पुगेको छ । कार्यालयलाई प्रहरीले घेरेर राखेको छ ।

आत्महत्या हो भने पनि कस्को कारणले आत्महत्या भएको हो त्यस बारेमा छानविन हुनुपर्ने माग गरेका छन्।

सिंहदरवार भित्रै कर्मचारी बच्चुराम केसी मृत फेला, प्रहरी जुट्यो अनुसन्धानमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ