arrow

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक, यी हुन् एजेन्डा

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
nepal-india-flag.jpeg

काठमाडौं । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक बुधबार काठमाडौंमा बस्दैछ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री एस जयशंकर बुधबार आउँदै छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार अपराह्न आयोगको बैठक सुरु हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । 

के विषयमा हुँदैछ छलफल ?
संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षक अन्तर्गत राखेर छलफल गर्ने कार्यसूची रहेको छ ।

–राजनीतिक सुरक्षा र सीमा
–आर्थिक सहयोग तथा पूर्वाधार
–व्यापार तथा पारवहन
–ऊर्जा तथा जलस्रोत र संस्कृति
र, शिक्षा 
विषयमा छलफल हुँदैछ । 


बैठकमा नेपालले प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्ने नेपालको योजना छ । 

त्यसैगरी सार्क राष्ट्रको अध्यक्षको नाताले नेपालले सार्क बैठकका लागि भारतलाई सक्रिय हुनसमेत आग्रह गर्नेछ । दुई दिने बैठकपछि बिहीबार संयुक्त वक्तव्य जारी हुनेछ । 

बैठकमा एजेन्डा नभए पनि भारतले जम्मू–कश्मीरका विषयमा समेत नेपाललाई जानकारी गराउन सक्ने बुझिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार मात्रै पत्रकार सम्मेलन आयोजना गरी जम्मू–कश्मीरको विवाद भारत र पाकिस्तानको भएकाले दुई पक्षीय वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका थिए । 

धेरैजसो राष्ट्रहरुले यो आन्तरिक मालिला भएको प्रतिक्रिया दिइरहँदा नेपालले संवादमार्फत मिलाउन आग्रह गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे स्पष्ट पार्ने पनि बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ