arrow

संसद भवनमा बन्यो भिआइपी चमेना गृह, हलाल खानाका लागि छुट्टै भान्छा

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
BICC_Page_7.jpg

काठमाडौं ।  नयाँ बानेश्वरस्थित संसद भवनमा तोकिएको अवधि भन्दा अघि नै सुविधा सम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ । करिब ६ महिना निर्माण अवधी तोकिएको चमेना गृह ५ दिन अघि नै निर्माण सम्पन्न भई बुधवार हस्तान्तरण समेत भएको छ ।

शहरी विसका मन्त्री मोहम्मद इस्तियाक राईले बुधवार विहान उक्त चेमना गृहको उद्घाट्न गरे।   उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री राईले मुलुकमा धेरै जसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएको भन्दै इमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गरे सवै काम समयमै सम्पन्न हुन्छ भन्ने सन्देश चमेना गृहको निर्माणले दिएको बताए।
 
अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव मधुसुदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय र सहकार्यले समयमै काम सम्पन्न भएको उल्लेख गरे ।

शहरी विकास मन्त्रालय अन्र्तगतको अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते श्री घिसिङ कुँवर जे.भी. निर्माणलाई २ करोड ७८ लाख रुपैया लागतमा चेमना गृहको निर्माणका लागि ठेक्का दिएको थियो ।
 
करिब १० हजार ५ सय ५७ बर्ग फिट क्षेत्रफलमा निर्माण भएको चमेनागृहमा १ सय ८६ जनासम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद दवाडीले बताए।
 
मुस्लिम समुदायका लागि समेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छा घरको समेत चमेनागृहमा व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ