arrow

गोर्खा र नुवाकोटका भुकम्प पिडितको घर बनाएको २ अरव ४५ करोड रकम दियो भारतले

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
shankar-gyawali.jpg


काठमाडौं। भारतले नेपाल सरकारलाई गोर्खा र नुवाकोटका भुकम्प प्रभावितहरुको घर निर्माणका लागि यसअघी प्रतिवद्धता व्यक्त गरेको २ अरव ४५ करोड रुपैया बुधवार हस्तान्तरण गरेको छ।

भारतीय विदे‍शमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा यो सहयोग रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। भारतीय राजदुत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका सिइओ शुसिल ज्ञवालीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र भारतीय विदे‍शमन्त्री एस जयशंकरको उपस्थित रहेको थियो।

भारतीय विदे‍शमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणको क्रममा काठमाडौंमा छन्।  बुधबार अपराह्न विदे‍शमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीसँग  भेट गरेका छन् ।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन्।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ