arrow

राजतन्त्र फर्कनु र पृथ्वी पल्टिनु उस्तै: पौडेल

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
ramchandra-poudel2.jpg

महाधिवेशन प्रतिनीधि महासमिति सदस्यहरु तपाईहरु सवै अनुभवी हुनुहुन्छ । त्यसो भएकाले तपाईहरुलाई प्रशिक्षण भन्दा पनि उत्साह चाहिएको छ । प्रधानमन्त्री केपी शर्माओलीले सर्वदलिय बैठक बोलाएर देश संकट तर्फ जाँदै छ भनेर जानकारी दिनुभयो । तर दुईतिहाईको सरकार प्रखर नेताहरुले चलाएका बेलामा कसरी देशलाई संकट आयो । उहाँहरुले दुई तिहाई बहुमतलाई उपयोग गर्न सक्नुभएन । सवैधानिक निकायलाई तर्साउने, प्रेसको मुख थुन्न खोज्न तर्फ उहाँहरुले दुईतिहाईको उपयोग गर्नुभयो । त्यही कारणले देशमा उकुसमुकुसको स्थिती आएको हो । यसैले मुलुकमा संकट निम्त्याउछ । अब यो कसले गरेको हो । यसको जिम्मा सरकार चलाउने प्रखर नेताहरुले लिनुपर्छ कि पर्दैन ।

नेपाली कांग्रेसले आफ्नो भूमिका सम्झन जरुरी छ । हिजो जनताले कम्युनिष्टलाई मत दिए । आज उनीहरुले परिवर्तन खोजेका छन् । तर नेपाली कांग्रेस पार्टीलाई पनि हामीले भरोसा गर्न लायक बनाउन सकेनौ । राजतन्त्र फर्केर आउने भनेको पृथ्वी पल्टने जस्तै हो । अहिले जनतााले पत्याएको कांग्रेसलाई होइन कम्युनिष्टलाई नै हो । तर अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ । यो बेलामा हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ । हाम्रा क्रियाकलाप सुधार गर्न जरुरी छ । हिजो के कारणले जनताले विश्वास गर्न सकेनन् । त्यो कारण सच्याएर जनताको विश्वास योग्य पार्टी बनाउन आवश्यक छ ।

कर्णालीको विकासका लागि कृषि क्रान्ति, पर्यटनको विकास र उर्जा शक्तिको विकास गर्न जरुरी छ । यही संभावना देखेर नै हामीले पूर्वाधार तयार गरेका छौ । कर्णालीको संभावना अब देखिदै छ । अहिले सरकारमा रहेका कम्युनिष्ट नेताहरु पूर्वधार तयार गर्नुभन्दा हामीले गरेका योजनाको उदघाटन गर्नमा व्यस्त हुनुहुन्छ । अहिलेको सरकारसँग खै योजना । राजनीति रुपमा पनि कम्युनिष्टहरुले नेतृत्व गर्न सकेका छैनन् । सरकारमा प्रजातान्त्री आचरण हुनुपर्दथ्यो । तर उहाँहरु सत्ता केन्द्रीत राजनीति गर्न लाग्नुभएको छ । प्रशासन हातमा लिएर जनतालाई दुख दिन खोजेको आभास हामीलाई भएको छ ।

कम्युनिष्टहरुसंग खुलेर बहस गर्ने बेला आइसक्यो । उनीहरुले हिजो के बोले आज के गरे । त्यसको मुल्याङकन गर्न जरुरी छ । सिद्धान्तमा बहस  गर्न सक्ने हामी हुन जरुरी छ । कर्णालीका भोलीका संभावना हामीले देखेका छौ । अगामी चुनावमा जित्नका लागि यो प्रशिक्षण फलदायी हुन जरुरी छ । पहिला हाम्रो घर भित्रका सवै कुरा ठिक राखेर बाहिर निस्कनु पर्छ । कार्यतालिका बनाएर समयमा काम गरौ भन्ने मेरो प्रस्ताव हो । अहिले आएर यसले गर्न दिएन भन्नु आफुमा विश्वास नभएको हो । निस्वार्थ भएर पार्टी चलाउन थाल्ने हो भने केहि अवरोध हुँदैन ।

२००७ सालमा नेपाली कांग्रेसले क्रान्ति नगरेको भए सायद यो देशमा स्वतन्त्र रहन सक्दैनथ्यो । पार्टीको सिद्धान्तले जित्ने तर चुनाव हार्ने किन भयो त्यसको समिक्षा गर्नु आवश्यक छ । न्याय निष्पक्ष र पारदर्शीताका आधारमा पार्टी चलायो भने पार्टीका एकता हुन्छ । वास्तविक एकता र वास्तविका हार्दिकता आजको आवश्यकता हो । जनतासँग विकल्प छ त्यसैले हामीले हाम्रो पार्टीलाई जनताको पार्टी बनाउन आवश्यक छ ।  राजनीति पार्टीप्रतिको विश्वास घट्दै गयो भने व्यवस्था नै संकटमा पर्न सक्छ । नेपाली कांग्रेस भनेर सवैजना हिड्नुस पौडेल, देउवाको भनेर होइन । निष्ठाको राजनीतिलाई अगाडि बढाउन सकेनौ भने जनताले पत्याउदैनन् । हाम्रो समाजवाद भनेको मान्छेलाई मान्छे कै व्यवहार गर्ने भन्ने हो ।

(सुर्खेतमा कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको सम्बोधन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ