arrow

घाँस काट्दै गरकी रामकलीमाथि बाघको आक्रमण, लग्यो जंगलभित्र

logo
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ ५ बिहिबार
tigers.jpg.jpeg

गुलरिया,बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै खेतमा घाँस काट्दै गर्दा गेरुवा गाउँपालिका ४ की ५६ वर्षीया रामकली शाहीलाई बाघले आक्रमण गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बर्दियाका  प्रमुख प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।  

विहिबार मध्यन्न उनलाई बाघले समातेर खेतसँगैको जंगलभित्र लगेको थियो । शाहीका साथीहरुले गाउँमा खबर गरेपछि स्थानीयले बाघदेखि उनलाई छुट्याएको प्रहरी उपरीक्षक बास्तोलाले बताए ।

शाहीको घटनास्थलमै मृत्यु भएको उनले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ