arrow

वर्षाका कारण नौको मृत्यु, ३५ बेपत्ता

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
flood-china.JPG

छेन्दु । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सा नौ पुगेको छ ।  स्थानीय अधिकारीले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी अन्य ३५ जना बेपत्ता भएकाको खोजीकार्य जारी रहेको छ । बुधबारसम्म यस घटनामा परी २६ बेपत्ता भएका थिए ।

देशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मङ्गलबारबाट  मुसलधारे वर्षा शुरु भएको अधिकारीहरूले जनाएका छन् ।  बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि शुरु भएको प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका थिए भने, एक लाखभन्दा बढी विस्थापित भएका थिए ।

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताले जनाएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापित भएकालाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक वस्तु पुर्‍याउदै गरेको जनाएको छ ।

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि वेन्चाउ क्षेत्रमा अलपत्र परेका हुन् । तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै अड्किएका पनि अधिकारीले जनाएका छन् ।स्थानीय अधिकारीले अप्ठ्यारोमा परेका पर्यटकको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन् । अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलगायत राहत वितरण कार्य जारी रहेको जनाइएको छ ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ