arrow

रवि लामिछानेको समर्थन गर्दै पाँचथरमा प्रदर्शन

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
rabi.jpg

पाँचथर । जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थन गर्दै फिदिममा जुलुस निकालिएको छ । पाँचथरका युवाले पत्रकार रवि लामिछानेको समर्थन गर्दै सदरमुकाम फिदिममा जुलुस निकालेका हन् ।

रविलाई नियतबस फसाउन खोजिएको भन्दै स्वतन्त्र युवा समुहले खबरदारी जुलुस निकालेको हो ।

रवि लामिछानेलाई रिहाईको माग गर्दै युवाहरुको जुलुसले फिदिम बजार परिक्रमा गरे ।  पत्रकार शालिकराम पुडासैनीको हत्यारालाई  पत्तो लगाइ कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

 फिदिम बजारको आहालगैरीबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।

पाँचथरका अन्य बजारहरुमा पनि प्रत्येक दिन प्रदर्शन गर्दै आएका छन् ।

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेले हिरासतमा रहेका छन् ।  रविले  प्रहरीसँगै नै आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ